दुबै मृगौला पिडित पुनर्वास युवा पंकज दमाई को उपचारका लागि आर्थिक सहयोग गरिदिन अपिल

धनबहादुर बिक –
पुनर्वास
दुबै मृगौला (किड्नी) खराब भएर गम्भीर अवस्थामा रहेका पुनर्वास ९ का एक युवाको उपचारका लागि सहयोग गरिदिन उनका परिवारले अपिल गरेका छन ।

पुनर्वास नगरपालिका ९ सिताबस्ति का ३२ बर्षिय युवा पंकज दमाई दुबै मृगौला खराब हुन गई हाल धनगढी को नवजिवन अस्पतालमा उपचारार्थ रहेका छन भने आर्थिक अवस्था कमजोर रहेका पिडितको थप उपचारका लागि उनका परिवारजनले अपिल गरेका छन । बुवा हरिमल दमाई , आमा कला दमाई का ३२ बर्षिय छोरा पंकज दमाई को श्रीमती तथा ३ छोरा रहेका छन ।

बिरामीलाई दीर्घकालीन उपचार, नियमित डायलाइसिस, वा किड्नी प्रत्यारोपण आवश्यक पर्न सक्छ, जसको खर्च निकै महँगो हुने भएकोले सम्पुर्ण सहयोगी महानुभावहरूमा परिवारजनले आर्थिक सहयोग गरिदिन अपिल गरेका हुन ।

आर्थिक अवस्था कमजोर भएकाले उपचार सम्भव नभएको अस्पतालमा भइरहेको उपचारको जानकारी विरामि का दिदी कमला नेपाली ले बताएकि छिन ।
पिडितलाई सहयोगका लागि बैंक खाता नम्बर १८३०३०४२९५८०००१० मा सहयोग गर्न सक्नुहुनेछ भने कसैले व्यक्तिगत भेटेर सहयोग गर्न चाहने महानुभावले ९८१०६६२०३३ सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ ।
सक्दो रकम आर्थिक सहयोग गरि सामाजिक सञ्जालमा समाचार सेयर गरेर अन्यलाई जानकारी गराउन समेत गरिदिन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply