वैशाख २६
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ।
राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रूपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रूपैयाँ ४८ पैसा निर्धारण गरिएको छ।
शुक्रबार एकको खरिददर १५० रूपैयाँ ५१ पैसा र बिक्रीदर १५१ रूपैयाँ ११ पैसा तोकिएको छ।
युरोपियन युरो एकको खरिददर १७७ रूपैयाँ ५४ पैसा र बिक्रीदर १७८ रूपैयाँ २५ पैसा तोकिएको छ। शुक्रबार एकको खरिददर १७७ रूपैयाँ ०७ पैसा र बिक्रीदर १७७ रूपैयाँ ७७ पैसा थियो।
अस्ट्रेलियन डलर एकको खरिददर १०९ रूपैयाँ १८ पैसा र बिक्रीदर १०९ रूपैयाँ ६१ पैसा तोकिएको छ। शुक्रबार यसको भाउ १०९ रूपैयाँ २१ पैसा र बिक्रीदर १०९ रूपैयाँ ६५ पैसा तोकिएको छ।
युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०५ रूपैयाँ ३० पैसा र बिक्रीदर १०६ रूपैयाँ २५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९३ रूपैयाँ ८२ पैसा र बिक्रीदर १९४ रूपैयाँ ९५ पैसा कायम गरिएको छ।
क्यानेडियन डलर एकको खरिददर ११० रूपैयाँ ५६ पैसा र बिक्रीदर ११० रूपैयाँ ९९ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रूपैयाँ १ पैसा र बिक्रीदर ११९ रूपैयाँ ४९ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रूपैयाँ ६२ पैसा र बिक्रीदर नौ रूपैयाँ ६६ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रूपैयाँ १८ पैसा र बिक्रीदर २२ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रूपैयाँ २२ पैसा र बिक्रीदर ४० रूपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ४१ रूपैयाँ ४१ पैसा र बिक्रीदर ४१ रूपैयाँ ५८ पैसा कायम भएको छ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ६८ पैसा र बिक्रीदर चार रूपैयाँ ७० पैसा, युएई दिराम एकको खरिददर ४१ रूपैयाँ ८ पैसा र बिक्रीदर ४१ रूपैयाँ २५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३८ रूपैयाँ ४८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ६३ पैसा, साउथ कोरियन वन १०० को खरिददर दश २९ पैसा र बिक्रीदर १० रूपैयाँ ३३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रूपैयाँ ३९ पैसा र बिक्रीदर १६ रूपैयाँ ४६ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रूपैयाँ ७६ पैसा र बिक्रीदर २३ रूपैयाँ ८५ पैसा तोकिएको छ।
राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रूपैयाँ २९ पैसा र बिक्रीदर १९ रूपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर ४९२ रूपैयाँ ७५ पैसा र बिक्रीदर ४९४ रूपैयाँ ७१ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३०१ रूपैयाँ ४३ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रूपैयाँ ८९ पैसा र विक्रिदर ३९३ रूपैयाँ ४५ पैसा रहेको छ।
भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ। राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।
