सरकारी साक्षीविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ, जेठ १९ गते । नवलपरासीको त्रिवेणी गाउँपालिका वडा नंं ७ स्थायी वतन भएका ईश्वरीप्रसाद गौतमविरुद्ध ५० लाखको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेका अनुसार गौतमले विशेष अदालत, काठमाडौँमा मिति २०८३ वैशाख २३ गते बकपत्र गर्दा आयोगमा अनुसन्धानको क्रममा गरेको बयान तथा आरोप मागदाबी बेहोराको प्रतिकुल हुने गरी बकपत्र पुष्टि भएको छ ।

सो मुद्दाका चन्द्रबहादुर अधिकारीले ऋण उपलब्ध गराइ दिए बापत घुस रकम ५० लाख रुपियाँ माग गरी लिएको घुस लेनदेन कार्यमा सङ्लग्न भएको देखिएको आयोगको विज्ञपितमा उल्लेख छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा ५० लाख रुपियाँ बिगो रकम कायम गरी जरिवाना हुन मागदाबी लिई मङ्गलबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply