सुदूरपश्चिम कांग्रेसमा विद्रोह, मुख्यमन्त्री शाहविरुद्ध बहुमत सांसदको अविश्वास

धनगढी, जेठ १९ – सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता विरुद्ध पार्टीभित्रै असन्तुष्टिको स्वर चर्किएको छ। कांग्रेसका बहुमत प्रदेशसभा सदस्यहरूले उनलाई संसदीय दलको नेताबाट हटाउन माग गर्दै अविश्वासको प्रस्ताव दर्ता गरेका छन्।

प्रदेशसभा सदस्य को अग्रसरतामा संसदीय दलको कार्यालयमा प्रस्ताव दर्ता गरिएको हो। स्रोतका अनुसार नेतृत्व परिवर्तनको मागसहित दर्ता भएको उक्त प्रस्तावमा ९ जना प्रदेशसभा सदस्यको हस्ताक्षर रहेको छ।

सुदूरपश्चिम प्रदेशसभामा नेपाली कांग्रेसका १८ जना सदस्य रहेकामा सांसद विदेशमा रहेका कारण प्रस्ताव प्रक्रियामा सहभागी नभएको बताइएको छ। बाँकी सदस्यहरूमध्ये बहुमतले नेतृत्व परिवर्तनको पक्षमा समर्थन जनाएको दाबी गरिएको छ।

अविश्वासको प्रस्ताव दर्ता भएसँगै कांग्रेस संसदीय दलको बैठक जारी छ। बैठकमा नेतृत्व हस्तान्तरणको सम्भावना, आगामी राजनीतिक रणनीति र दलभित्रको शक्ति सन्तुलनबारे छलफल भइरहेको जनाइएको छ।

लामो समयदेखि सरकार सञ्चालनको शैली, निर्णय प्रक्रियामा समन्वयको अभाव तथा संगठनात्मक व्यवस्थापनप्रति असन्तुष्टि बढ्दै गएको पृष्ठभूमिमा आएको यो घटनाक्रमले सुदूरपश्चिमको राजनीतिमा नयाँ समीकरणको संकेत दिएको छ। अब संसदीय दलको बैठकबाट आउने निर्णयले मुख्यमन्त्री शाहको नेतृत्व मात्र होइन, प्रदेश सरकारको स्थायित्व र आगामी राजनीतिक दिशालाई समेत प्रभावित पार्न सक्ने देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply