सन्दीप, दीपेन्द्र र कुशल लङ्का प्रिमियर लिगमा अनुबन्ध

काठमाडौँ, जेठ १९ गते । नेपालका लेग स्पिनर सन्दीप लामिछाने, अलराउन्डरद्वय दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले लङ्का प्रिमियर लिग खेल्नुहुने भएको छ ।

श्रीलङ्कामा सोमबार राति भएको खेलाडी ड्राफमा जाफ्ना किङ्ग्सले सन्दीप र दीपेन्द्रलाई एसोसिएट स्टार्स क्याटेगोरीबाट अनुबन्ध गरेको हो ।

यस्तै कुशललाई कोलम्बो काप्सले अनुबन्ध गरेको छ । सन्दीपले २० हजार अमेरिकी डलर तथा दीपेन्द्र र कुशलले १५/१५ हजार अमेरिकी डलर पाउनुहुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply