थाइल्यान्डमा भएको ड्रोन आक्रमणमा म्यानमाका तीन जना आप्रवासीको मृत्यु

बैङ्कक, जेठ २० गते । म्यानमाको गृहयुद्धमा प्रयोग गरिएको ड्रोन छिमेकी मुलुक थाइल्यान्डमा विस्फोट हुँदा तीन जना म्यानमाका आप्रवासीको मृत्यु हुनुका साथै दुई जना घाइते भएको थाई प्रहरीले बुधबार जनाएको छ ।

थाई अधिकारी म्यानमाको करेन राज्यको विपरीत टाक प्रान्तमा विस्फोट भएको खबर प्राप्त भएपछि घटना स्थलमा पुगेको स्थानीय प्रहरी प्रमुख अनुसोर्न डुङ्कोङलाई उदृत गर्दै एएफपीले बताएको छ । आक्रमणमा तीन जनाको मृत्यु भएको छ, तिनीहरू सबै म्यानमाका आप्रवासी कामदार रहेको प्रहरीले पुष्टि गरेको छ ।

दुई देशको सीमामा रहेको रूखमा ठोक्किएर ड्रोन विस्फोट हुँदा नजिकैको खेतमा काम गर्ने मजदुरको मृत्यु भएको अनुसोर्नले बताउनु भएको छ । आक्रमणमा घाइते भएका दुई जनालाई उपचारका लागि स्थानीय अस्पतालमा लगिएको उहाँले बताउनुभएको छ । सन् २०२१ को विद्रोहमा सेनाले सत्ता कब्जा गरे देखि म्यानमाका सशस्त्र सेना प्रजातन्त्र समर्थक गुरिल्ला र शक्तिशाली जातीय-अल्पसङ्ख्यक सशस्त्र समूहसँग लडिरहेका छन् ।

म्यानमाको सीमावर्ती क्षेत्रमा विभिन्न जातीय-अल्पसङ्ख्यक गुटको बसोवास स्थल हो, जस मध्ये धेरैले सन् १९४८ मा बेलायतबाट देश स्वतन्त्रता भए देखि स्वायत्तता र आकर्षक प्राकृतिक स्रोतको नियन्त्रणका लागि सेनासँग लडिरहेका छन् । सैन्य र जातीय सेना दुवैले युद्धमा ड्रोन प्रयोग गर्ने गरेको उल्लेख गर्दै थाई क्षेत्रमा विस्फोट भएको उक्त ड्रोन कुन पक्षले प्रक्षेपण गरेको थियो भन्ने बारे अझै स्पष्ट नभएको जनाएका छन् ।

विद्रोही गुटले राज्यको धेरै भाग नियन्त्रणमा राखेका छन् भने मङ्गलबार सेनासँग भएकोे लडाइँले म्यानमाका धेरै मानिसलाई सीमा पार गरेर थाइल्यान्डमा पलायन गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply