धनबहादुर बिक
पुनर्वास १२ असोज
पुनर्वासको पुरानो प्रतिभानगर टाउन बजार मा प्रत्येक बुधबार लाग्ने हाटबजारले थोरै भएपनि चहलपहलको आभाष गराएको छ ।
टाउन बजारमा पछिल्लो लामो समयदेखि सुस्ताउँदै गएको व्यापारीक गतिविधि स्थानीय बजारमा साप्ताहिक हाटबजार सञ्चालन हुन थालेपछि चहलपहल बढेको छ।
स्थापनाकालमा २/३ पसलबाट सुरु भएको प्रतिभानगर कृषि हाट बजारको नामले सञ्चालित हाट बजार मा स्थापना को १५ महिना पूरा हुँदै गर्दा हिजोआज करिब १४/१५ वटा पसलहरू सञ्चालनमा आउन थालेका छन ।
सुस्ताउदै गएको बजारको अवस्था लाई मध्येनगर गरि पुनर्वास उधोग बाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझी को विशेष पहल तथा पुनर्वास नगरपालिका ६ का वडा अध्यक्ष मित्र सिंह लामा र प्रतिभानगर बजार व्यवस्थापन समिति अध्यक्ष अमित रोकायाको सक्रियतामा प्रतिभानगर कृषि हाट बजार को नामले बुधबार का सञ्चालन हुनेगरि साप्ताहिक हाट बजार को सुरुवात गरिएको थियो ।

हाटबजार सञ्चालन का लागि समाजसेवी सोमबार बरालको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ ।करिब १५ महिना अघि २०८२ श्रावण ३ गतेदेखि सडकको किनारमा अव्यवस्थित बसाईकै तवरबाट नियमितरूपमा सञ्चालन हुँदै आएको हाटबजारले गति लिन थालेपछि समितिको मागमा पुनर्वास नगरपालिका द्वारा गरिएको ३ लाख आर्थिक मा हाल ८ ओटा टहरा हरू निर्माण भएका छन भने हाटबजारमा आउने किसान व्यापारी हरू उक्त टहरामा पसल सञ्चालन गर्न प्रतिस्पर्धा गर्न वाध्य हुँदै आएको हाट बजार सञ्चालक समिति अध्यक्ष सोमरनज बराल बताउँछन् ।
जे होस हाटबजारमा किनमेल गर्न आउने उपभोक्ता तथा व्यापार व्यवसायका लागि आउने व्यापारीको चहलपहलले बजारमा रौनकता थपिएको छ। यसबाट स्थानीय व्यापारी, किसान तथा उपभोक्ता प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।
साप्ताहिक रूपमा लाग्ने हाटबजारमा स्थानीय किसानले उत्पादन गरेका ताजा तरकारी, फलफूल, खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तु बिक्रीका लागि ल्याउने गरेका छन्। त्यस्तै, विभिन्न स्थानबाट आउने व्यापारीले ताजा तरकारी , फलफूल , तरकारी का बिउविजन , फलफुल का बिरुवा , फास्ट फसड नास्ता पसल , अन्य आवश्यक सामग्री बिक्री गर्दै आएका छन्। एउटै स्थानमा विभिन्न प्रकारका सामान उपलब्ध हुन थालेपछि उपभोक्तालाई किनमेल गर्न सहज भएको छ।

हाटबजारले बजारमा उपभोक्ताको आवागमन बढाउनुका साथै आर्थिक कारोबारलाई समेत चलायमान बनाएको पुनर्वास उधोग बाणिज्य संघ अध्यक्ष राजकुमार रायमाझीले बताए । यसअघि व्यापारिक गतिविधि कम हुँदा सुस्त देखिने बजारमा हाटबजार लाग्ने दिन भने किनमेल गर्ने मानिसको भीड बढ्ने गरेको छ। यसले बजार क्षेत्रमा चहलपहल बढाउनुका साथै साना तथा खुद्रा व्यापारीलाई आफ्नो व्यवसाय विस्तार गर्ने अवसरसमेत प्रदान गरेको प्रतिभानगर बजार व्यवस्थापन समिति अध्यक्ष अमित रोकाया बताउँछन् ।
हाट बजारका लागि थप १०/१२ ओटा टहरा स्टल , र टहरा फर्स हुनुपर्ने , खानेपानी धारा , बिजुली बत्ती लगायतको आवस्यक रहेको हाटबजार समिति कोषाध्यक्ष प्रेम बहादुर थापा बताउँछन ।
विभिन्न व्यापारीले एउटै स्थानमा सामान बिक्री गर्ने भएकाले उपभोक्ताले मूल्य तुलना गरेर आफूलाई आवश्यक सामग्री खरिद गर्न पाउँछन्। स्थानीय कृषि उपज तथा दैनिक उपभोग्य सामग्री सहज रूपमा उपलब्ध हुँदा उपभोक्ताको समय र खर्च बचत गर्नसमेत सहयोग पुगेको आम उपभोक्ता हरू बताउँछन् ।

त्यसैगरी, किसानले आफ्ना उत्पादन सीधै उपभोक्तासम्म पुर्याउन पाउँदा बिक्रीका लागि बजार खोज्नुपर्ने समस्या कम हुनुका साथै उत्पादनको उचित मूल्य प्राप्त गर्ने अवसर मिलेको छ।
साना व्यापारीका लागि पनि हाटबजार आम्दानीको माध्यम बनेको तरकारी व्यापारी सुरेश चौधरीले बताए ।
हाटबजारमा हुने कारोबारले स्थानीयस्तरमा रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्न सहयोग पुर्याएको छ।
स्थानीय बजारको आर्थिक गतिविधि बढाउन साप्ताहिक हाटबजार प्रभावकारी माध्यम बनेको देखिन्छ। हाटबजारलाई व्यवस्थित, स्वच्छ र उपभोक्तामैत्री बनाउन सके यसको आकर्षण अझ बढ्ने र स्थानीय व्यापार व्यवसायले थप गति लिने अपेक्षा गरिएको छ।
समग्रमा, साप्ताहिक हाटबजारले सुस्ताएको स्थानीय बजारमा नयाँ उत्साह र रौनकता थप्नुका साथै उपभोक्तालाई सहज तथा प्रतिस्पर्धात्मक मूल्यमा सामान खरिद गर्ने अवसर प्रदान गरेको छ। स्थानीय उत्पादनको बजारीकरण, साना व्यापारीको आम्दानी वृद्धि र उपभोक्ताको हितसँग जोडिएको हाटबजार स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै बजारवासीको भनाइ रहेको छ ।
