पाँचथर, मङ्सिर ११ । फिदिम नगरपालिकाको आयोजना तथा मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा पाँचथर जिल्ला अस्पतालमा सञ्चालित निःशुल्क आँखा शिविरबाट एक हजार ४२२ जना लाभान्वित भएका छन्।
तीन दिनसम्म सञ्चालन भएको शिविर बिहीबार सम्पन्न भएको हो। शिविरमा १०३ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ भने ५५८ जनालाई निःशुल्क चस्मा वितरण गरिएको छ। अन्य बिरामीलाई आवश्यकताअनुसार औषधि उपलब्ध गराइएको फिदिम नगरपालिकाका नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो।
पाँचथरसहित पूर्वी पहाडी जिल्लामा आँखाको उपचारका लागि सुविधायुक्त अस्पतालको अभाव रहेकाले शिविर सञ्चालन गरिएको नगरप्रमुख काफ्लेले बताउनुभयो।
नेत्र विशेषज्ञसहित १८ जनाको टोलीले शिविरमार्फत बिरामीलाई सेवा प्रदान गरेको थियो।
