बाम गठबन्धन पुनर्वास नगरपालिका ९ का उमेदवार टिम द्वारा घरदैलो अभियानमा तिब्र

 

पुनर्वास १७ बैसाख स्थानीय निर्वाचन मिति नजिकिदै गर्दा बाम गठबन्धन पुनर्वास ९ का उमेदवार ले घरदैलो अभियानलाई तिब्रता दिन थालेका छन संयुक्त वामगठबन्धन उमेदवार का तर्फबाट पुनर्वास नगरपालिका ९ मा नेकपा माअोवादी का नरबहादुर बिक अध्यक्ष का उमेदवार रहेका छन भने सदस्य हरूमा राजन सुनार , मणीनाथ बोगटी , रामबहादुर खाती दलित महिला सदस्य मा मनमाया बिस्वकर्मा रहेका छन ।

करिब ८० प्रतिशत दलित समुदायको बाहुल्यता रहेको पुनर्वास नपा ९ बाट अाफुहरूको जित सुनिश्चित रहेको अध्यक्ष का उमेदवार नरबहादुर बिक ले दावि गरेका छन । अघिल्लो स्थानीय निर्वाचन मा एकल प्यानलबाट बहुमतका नेकपा माअोवादीको साथ सम्पुर्ण टिम बिजयी भएकोले पनि बाम गठबन्धन टिमको बिजयी सुनिश्चित हुने बिकले दावी गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply