कृष्णपुर नगरपालिका ८ मा कांग्रेसका दिनेश खड्का वडाध्यक्षमा विजयी

जेठ,५ कञ्चनपुर । कञ्चनपुर को कृष्णपुर नगरपालिका वडा न। ८ मा नेपाली काङ्ग्रेस का दिनेश खड्का वडा अध्यक्ष मा विजयी भएका छन्। खड्काले ६ सय ५५ मत ल्याई विजयी भएका हुन्।
खड्काका प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार पदम राना ६ सय ३४ मत मात्र प्राप्त गरे।
स्थानिय तहको निर्वाचन २०७९ अन्तर्गत कृष्णपुर नगरपालिका वडा नम्बर ८ मा नेपाली कांग्रेस विजय भएको छ । स्थानिय निर्वाचनमा वडा नं।८ मा नेपाली कांग्रेसका दिनेश खड्का विजयी भएका छन् ।
वडा अध्यक्ष पदमा विजयी भएका खड्काले ६५५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका वडा अध्यक्ष पदम रानाले ६३४ मत पाएका थिए भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका प्रत्यासी अमर बहादुर बडायक ४७८ मत पाएका छन् ।
विजयी भएका नेपाली काङ्ग्रेसका वडा अध्यक्ष खड्काले भ्रष्टाचार र अनियमितता विरुद्ध सधै आवाज उठाउदै समाजलाई विकासको गतिमा लैजाने प्रायःसमा रहेको बताउदै कृषि ,शिक्षा ,रोजगार र कृष्णपुर ८ का समुदायको विकासमा जनताको सल्लाह सुझावले विकास कार्य गर्ने बताएका छन । साथै अमुल्य मतदान गरि जनताले आफुलाई विजयी गराएको भन्दै वडा नम्बर ८ का सम्पूर्ण आम जनसमुदायमा शुभकामना ब्यक्त समेत गरेको थिए ।भन्दै वडा नम्बर ८ का सम्पूर्ण आम जनसमुदायमा शुभकामना ब्यक्त समेत गरेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply