कृष्णपुर २ मा माओवादीका उम्मेदवार अर्जुन साउद फराकिलो मत सहित बिजयी

जेठ,५ कञ्चनपुर कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका अर्जुन साउँद वडा अध्यक्षमा विजय भएका छन् । कृष्णपुर नगरपालिका २ बाट माओवादी केन्द्रको जित शुरुवात भएको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका उम्मेदवार अर्जुन साउद कृष्णपुर २को वडाध्यक्षमा निर्वाचित भएका छन । माओवादीका उम्मेदवार साउदले एमालेका जयनारायण जोशी र काँग्रेसका बीर ब। चन्दलाई उछिन्दै वडाध्यक्षमा निर्वाचित भएका हुन ।

साउदले एमालेका जोशी र काँग्रेसका चन्दलाई भन्दा ३ सय मतको हाराहारीमा पछाडी पारेका थिए । माओवादीका साउदले १ हजार ३७५ , काँग्रेसका चन्दले १ हजार १६ र एमालेका जोशीले १ हजार ३० मत ल्याएका थिए ।

नेकपा माओवादी केन्द्र कञ्चनपुरका चर्चित युवा नेता एव प्रदेश सदस्य साउदले वडा जितेसंगै वडाको दिगो विकास र सम्बृद्धिका लागि काम गर्ने प्रण गरेका छन । उक्त वडामा ४ हजार ३६०मत खसेका थिए । उक्त वडा यस अघि एमालेले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply