जेठ,५ कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका ३ मा पनि नेकपा माओवादी केन्द्रले जितेको छ । कृष्णपुर नगरपालिका ३ मा माओवादी केन्द्रका उम्मेदवार खेमराज चौधरी निर्वाचित भएका छन । बुधबार सम्पन्न मत परिमाण अनुसार चौधरीले काँग्रेसका रमेश बहादुर ऐरलाई २५१ मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।
चौधरीले ६८८, ऐरले ४३७ मत ल्याएका थिए । भने एमालेका लक्ष्मण कार्कीले ३५४ मत ल्याएका थिए । एमाले किल्लाका रुपमा रहेको कृष्णपुर ३मा यस पटक माओवादी केन्द्रले जितेको छ । ०७४मा यस वडाबाट एमालेले जितेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1