पुनर्वासमा नेपाली काङ्ग्रेस का मेयर तोया प्रशाद शर्मा उपमेयर भुलिया राना विजयी

धनबहादुर बिक

कञ्चनपुर,०९ जेठ । कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेसले जितेको छ । आफना प्रतिस्पर्धीलाई भारी मतान्तरले हराउँदै प्रमुख र उपप्रमुख काँग्रेसले जितेको छ । नेपाली काँग्रेसबाट नगर प्रमुखका लागि तोय प्रसाद शर्मा र उपप्रमुखमा भुलिया कुमारी राना भारी मतान्तरले बिजयी हुनु भएको छ । नेपाली काँग्रेस बाट नगर प्रमुख पदका उमेदवार तोया प्रसाद शर्माले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार पदम बहादुर पुजारालाई ५ हजार ३ सय ३२ मतको फराकिलो मतान्तरले हराउँदै बिजयी हुनु भएको हो । तोया प्रसाद शर्माले १०,००६ मत प्राप्त गर्नुभएको छ भने एमालेका पदम पुजाराले ४ हजार ६ सय ७४ मत ल्याउनु भएको थियो । त्यसैगरी नेकपा एकिकृत समाजवादीका उमेदवार जीवन राज थापाले ३ हजार७ सय ३४ मत पाउनु भयो । यस्तै पुनर्वास नगरपालिकामा उपप्रमुखमा नेपाली काँग्रेसका उमेदवार भुलिया कुमारी रानाले निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रबाट उमेदवार रहनुभएका धोखे रानालाई पराजित गर्दै नेपाली काँग्रेसकी भुलिया कुमारी राना बिजयी हुनु भएको छ । भुलियाले ७ हजार ३ सय ४५ मत प्राप्त गनर््भयो भने धोखे रानाले ५ हजार ४ सय ९२ मत मात्र प्राप्त गर्नुभयो । त्यसैगरी एमालेका सुशीला खत्रीले ५ हजार ४ सय ३ मत प्राप्त गर्नुभएको छ । पुनर्वास नगरपालिकामा ३४ हजार ३६ मतदाता रहेकोमा २३ हजार ६ सय ५ मत खसेको थियो भने ६ सय २२ मत बदर भएको निर्वाचन अधिकृतको कार्यलय पुर्नवासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply