पुनर्वासमा नव निर्वाचित सम्पुर्ण जनप्रतिनिधिलाई मेयर शर्माले गराए सपथ ग्रहण

धनबहादुर बिक जेठ ११,कञ्चनपुर पुनर्वास । कंचनपुरको पुनर्वास नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण गरेका छन् ।

बुधबार निर्वाचन अधिकृतको कार्यालय पुनर्वासको आयोजनामा नगरपालिकाको सभाहलमा आयोजित शपथ ग्रहण तथा शुभकामना आदानप्रदान कार्यक्रममा उपप्रमुख, वडाध्यक्ष र वडा सदस्यहरुले शपथ ग्रहण गरेका हुन् ।
कार्यक्रममा नगर प्रमुख तोयप्रशाद शर्माले सम्पुर्ण नव निर्वाचित जनप्रतिनिधिहरुलाई शपथ ग्रहण गराएका थिए ।
शपथ ग्रहण पश्चात सबै जनप्रतिनिधिहरुले आजै आ(आफ्नो पदभार ग्रहण गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सपथ ग्रहण कार्यक्रममा नव निर्वाचित नगर प्रमुख तोया प्रसाद शर्माले नगरपालिका तथा ११ वटै वडाका कर्मचारी लाई निर्देशन दिंदै भने कार्यालय मा आउने सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गरिनुपर्ने तथा कुनै पनि सेवाग्राहीलाई झन्झटिलो प्रक्रिया नगरि कर्मचारीले सुमधुर व्यवहार देखाउनुपर्छ नगर प्रमुख शर्माले भने ।
पदभार ग्रहण गरे लगत्तै सुत्केरी लाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गरिने र एक महिना भित्रै अव्यवस्थित सुकुम्बासी हरूलाई जग्गाधनी पुर्जा वितरण प्रक्रिया अघि बढाउने योजना रहेको बताउदै आफ्नो कार्याकालमा नगरवासीलाई निराश हुन नदिने कुरा नगर प्रमुख शर्माले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा शुभकामना व्यक्त गर्दै नेकपा एमाले निवर्तमान कञ्चनपुर अध्यक्ष बिरबहादुर थापाले पुनर्वास मा धेरै नै चुनौती रहेको उल्लेख गर्दै नेपाली काङ्ग्रेस बाट निर्वाचित मेयरल आफुलाई नेपाली काङ्ग्रेस को मात्रै स्थानीय प्रमुख को रूपमा परिचित नगराउन आग्रह गरे , विकासका लागि राजनीति पुर्वाग्रह नराख्न पनि थापाले अनुरोध गरे ।
शुभकामना मन्तव्य दिंदै नेकपा माओवादी बाट उपमेयर उमेदवार धोखे रानाले निर्वाचन मा हारजित जे जस्तो भएपनि पुनर्वासको विकास का लागि सबै ले समन्वय गर्दै जानुपर्ने बताए । नव निर्वाचित नगर प्रमुख तोया प्रसाद शर्माको सभापतित्वमा भएको कार्यक्रममा बिशिस्ट अतिथि निर्वाचन अधिकृत किरण जोशी , विभिन्न पार्टी प्रतिनिधि , जनप्रतिनिधि समाजसेवी बुद्धिजीवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम को सञ्चालन सहायक प्रशासकीय अधिकृत शिवराज भट्टले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply