रामनगरमा मोटरसाइकल राँगा गाडासँग ठोक्किँदा एक जनाको ज्यान गयो

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ रामनगरमा मोटरसाइकल राँगा गाडासँग ठोक्किँदा एक जनाको ज्यान गएको छ । अर्का एक घाइते भएका छन्। मोटसाइकल पछाडि बसेका २२ वर्षीय शंकर राना घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानबहादुर भण्डारीका अनुसार पुनर्वास नगरपालिका १ गणेशबस्तीका अन्दाजी २४ वर्षीय विश्राम रानाको ज्यान गएको हो । रानाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बायाँ हातको हड्डी भाँचिएका शंकरको बेलौरीस्थित इशान मेमोरियल अस्पतालमा उपचार भइरहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply