असार १० : मल बिना रोपाई

 

सरस्वती सुनार
राजघाट कञ्चनपुर :- कृष्णपुर नगरपालिका राजघाट आज असार १० तर यो वर्ष पनि किसानहरू मल बिना नै धान रोपाई गर्न बाध्य भएका छन् । समयमै मलको आयात हुन नसक्दा किसानहरूले बाध्य भई रोपाई गरिरहेका छन् । कञ्चनपुर र कैलालीका किसान निराश छन् ।कृष्णपुर नगरपालिका ९ पिपरैयाका रामकिसन राना लगायतका व्याडमा राखेको बीऊ गोड्न भ्याईनभ्याई छ । खेत ट्याक्टरले जोतेर हिल्याइसक्यो । रोपारा तयार भएर बसेका छन् । उनीहरूलाई बीऊ पुराउन किसनासहितका अन्ने पुरूषले व्याड गोडिरहेका छन् । लामो समयपछि महामारीले दैनिकीमा प्रभाव पारे पनि कृष्णपुरका किसान धान राप्ने चटारोमा छन् । कृष्णपु नगरपालिका राजघाट, पिपरैयामा हरेक किसान खेतमा व्यस्त छन् । कोही आली मिलाउँदै त कोही ब्याड गोड्दै छन् । मल अभाव भइरहे पनि खेती रोपिरहेका छन् । मन भने खुसी छैन ।
किसानलाई ‘कहाँ के भयो भन्ने सुन्ने फुर्सद नै छैन, रामकिसन रानाले भने–‘समयमा धान रोप्न नपाए फल्दैन, ब्याड नछिप्पिदै रोपाई भ्याउनु छ ।’ मल न पाए पनि उनले खेती किसानीमै जोड दिएका छन् । यो वर्ष ब्याड राख्ने समयमा आकाशे वर्षा नभएका कारण किसानलाई असहज भयो । सुदूरपश्चिम प्रदेश कैलाली र कञ्चनपुरका अन्नभन्डार मानिने तराई दक्षिणी क्षेत्रमा जमिन मुनीको पानी तानेरै रोपाई गरिन्छ । समुदायस्तरमा त्यस्ता पम्प खरिद गरिएको हुन्छ । त्यही पम्पबाट आउने पानीलाई पाइपले खेतसम्म पुराएर रोपाई गरिन्छ । त्यसैले एउटा गाउँमा एक दिनमा थाेरै जग्गाधनीको खेतमा मात्रै रोपाई हुन्छ ।‘पम्पबाट पानी तान्नुपर्ने भएकाले सबैले एकैपटक रोपाई गर्न सकिंदैन,’ डिजलकाे भाव आसमान छ। समाजसेवी समेत रहेका गाेजला चौधरी भन्छन्–‘पालैपालो गरेर रोपाई भ्याउनु छ ।’ समथल जमिन भएपनि कृष्णपुर, कैलालीका आसपासमा रहेको फाटमा नहर सिँचाई हुँदैन । धान मात्रै होइन, अन्य खेती पनि पम्पकै भरमा हुन्छ ।
कृष्णपुर लगायत अन्य खेती हुने उर्बर क्षेत्रमै सिँचाईको अभाव छ । कैलालीका केही ठाउँमा चैते धान पनि रोपिन्छ । चैतमा रोपिएको धानले बाला हाल्दै छ । असारे धान रोप्ने चटारो छ । धान रोप्ने बेला मल नपाएर किसान हैरान छन् । डीएपी र युरिया मल मिसाएर खेतमा छर्नुपर्ने उनीहरू बताउँछन्।‘मल बेच्नेले दुई÷चार दिनमा आउँछ भन्दै फर्काउँछन्, अझै चाहिएजति मल पाइएको छैन ।’– किसान रामकिसन रानाले भने । भारतबाट बसही हुँदै साइकलमा भित्रिने मल समेत रोकिएको छ । पारी (भारत)बाट मल आएको भए किसानलाई समस्या हुने थिएन । अहिले सबै किसान सरकारले नै किनेको मलबाट खेती गर्दैछन् । मलको बिक्री वितरण गर्ने कृषि सामग्री कम्पनी कैलाली र कञ्चनपुरका अनुसार डीएपी मल आइसकेको छैन । जसकारण गोदाममै अभाव छ । युरिया मलको टेण्डरसमेत नखुलेकाले बजार पाउने सम्भावना नै रहेन । कैलाली सुचना अधिकृतका अनुसार भारतमै मल रोकिएका कारण किसानले पाउन सकेका छैनन् । युरिया र डीएपी हो । जुन बेला मल चाहिने हो त्यही बेला नपाए पनि किसान हैरान छ । धेरै किसानले गोबर मल हालेर रोपाई गर्ने र युरिया उपलब्ध भएपछि मात्रै राख्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply