धनगढी – माेटरसाइकलकाे ठक्करबाट धनगढी उपमहानगरपालिका वडा नम्बर २ निवासी,शिक्षाका लागि खाद्य कार्यक्रम का प्रदेश समन्वय प्रमुख नेत्र प्रसाद पन्त को दुर्घटना मा परि मृत्यु भएको छ धनगढी पुरानो भन्सार रोडमा मोटरसाइकलको ठक्करबाट उहांको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार वडानम्बर ३ का २२ वर्षीय सौजन खड्काले चलाएको से ३ प ९९० नम्बरको मोटरसाइकलले पैदलयात्री पन्तलाई ठक्कर दिएको जानकारी दिएको छ । घाइते पन्तको उपचारका क्रममा माया मेट्रो अस्पतालमा सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक खड्का र पछाडि सवार बैतडी दशरथचन्द–८ बस्ने २२ वर्षका रामचन्द्र शर्मालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1