एभरेष्ट बैंकले साढे १० प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गर्ने

काठमाडौं । एभरेष्ट बैंकले ६ वर्ष अवधिको १०.५ प्रतिशत ब्याजदरको ऋणपत्र निष्कासन गिर्ने भएको छ । बैंकले १८ साउनदेखि २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कान गर्न लागेको हो ।

प्रतिकित्ता एक हजार रुपैयाँ अंकित मूल्यका २० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । ‘एभरेष्ट बैंक ऋणपत्र २०८५’ नाद दिएको ऋणपत्रमा लगानी गर्नेले १०.५ प्रतिशत ब्याजदर प्रापत गर्नेछन् । ब्याजदर त्रैमासिक रुपमा भुक्तानी हुने बैंकले जनाएको छ ।

कुल निष्कासन गर्न लागेकेा अणपत्र मध्ये ६० प्रतिशतले हुन आउन १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता व्यक्रिगत तवरले बिक्री गनेर्न जनाएको छ । बाँकी रहेको ८ लाख कित्ता सर्वसाधारणलाई बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ ।

७ लाख २० हजार कित्ता भने सार्वजनिक निष्कासनत हुनेछ । उक्त ऋणपत्रमा खरिदको लागि न्युनतम २५ कित्ताको दरले हुने २५ हजार रुपैयाँ लगानी गर्नुपर्छ । बढीमा भने माग गरेअनुसारनै आवेदन दिन सकिनेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ। सर्वसाधारणले सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था बाट आवेदन दिने सक्नेछन् ।

बैंकले ऋणपत्र निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल ए माइनस’ रेटिङ प्रदान गरेको छ । यसले वित्तीय दायित्व समयमा नै पूरा गर्न सक्ने सम्बन्धमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्छ ।

ऋणपत्रमा छिटोमा २२ साउन र उक्त अवधिमा माग अनुसारको आवेदन नपरेमा आवेदन दिने अवधी ढीलोमा १ भदौससम्म रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply