कोप– २८ मा सम्झौताको संभावना कमजोर बन्दै

काठमाडौं । दुबईमा भइरहेको संयुक्त राष्ट्रसंघको सम्मेलनमा जलवायु वार्ता संकटमा पर्ने देखिएको छ । फोशिल फ्युल अर्थात जिवाश्म इन्धनको प्रयोग घटाउने विषयमा शक्ति राष्ट्रहरुको कुरा नमिल्दा कोप– २८ को उपलब्धी नैं संकटमा पर्नसक्ने अवस्था आएको हो ।

पेट्रोल, डिजेल, मट्टीतेललगायतका जिवाश्म इन्धनको प्रयोग उच्च दरमा घटाउनेबारे सहभागि मुलुकहरुबिच कुरा बाझिएको हो ।

प्रस्तावित मस्यौदा सम्झौतालाई केही देशहरुले अत्यन्तै कमजोर भनिरहेका छन् । शिखर सम्मेलनमा महत्वपूर्ण सम्झौता हुन सहभागि सबै १९८ देशहरू सहमत हुनुपर्छ । एउटा मात्रै मुलुकले असहमति जनाएको अवस्थामा पनि सम्झौता हुन सक्दैन ।

जीवाश्म इन्धनको प्रयोगले विश्वमा ग्लोबल वार्मिङलाई बढाइरहेको र लाखौं जीवनलाई जोखिममा पारिरहेकोले यसको नियन्त्रणमा महवपूर्ण सम्झौता हुनुपर्ने केही मुलुकको प्रस्ताव छ । जलिरहेको तेल, कोइला र ग्यासबाट हुने हरितगृह ग्यास उत्सर्जनका बारेमा के गर्ने भन्ने प्रश्नमा मतभेत भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply