शेयर बजारमा २३ अंकको गिरावट

काठमाडौं । सोेमबार झिनो अंकले उकालो लागेको शेयर बजार मंगलबार भने दोहोरो अंकले ओरालो लागेको छ । करिब २३ अंकले घटेको बजार १८ सय २९ बिन्दु कायम रहेर थामियो । मंगलबार कारोबार भने अर्ब तलै रह्यो । व्याजदर घट्ने क्रममा रहदा पनि लगानीकर्ताको शेयर बजारप्रति विश्वास फर्कन सकेको छैन ।

कारोबार भएका सबै उपसुचक रातो रहेको बजारमा उत्पादन समूह सबैभन्दा बढी ३ प्रतिशत बढीले ओरालो लागेको छ । अरु अधिकांश समूह १ प्रतिशत बढीले घटेका छन् । मंगलबार २ सय ८५ कम्पनीको ३६ लाख कित्ता शेयर ९५ करोड बराबरमा किनबेच भएको एक्सचेञ्जले जनाएको छ ।

मंगलबार ३१ कम्पनीको मूल्य बढ्दा २ सय १ कम्पनीको मूल्य घटेको छ । घटेको बजारमा पनि मिन्छियाम हाइड्रोपावरका लगानीकर्ताले ८ प्रतिशत, बिपिडब्लु लघुवित्त वित्तिय संस्थाका लगानीकर्ताले ७ प्रतिशत बराबर कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply