५ अर्बभन्दा बढी कारोबार गर्ने कम्पनीले अनिवार्य सेयर जारी गर्नुपर्ने

काठमाडौं । ५ अर्ब रुपैयाँभन्दा बढी कारोबार गर्ने पब्लिक कम्पनीले पनि सेयर जारी गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आउन भएको छ । नेपाल धितोपत्र बोर्डले यो व्यवस्था कार्यान्वयनमा ल्याउन कम्पनी रजिष्ट्रारको कार्यालयसँग समन्वय गरिरहेको जनाएको छ ।

बिहीबार नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ५ अर्ब रुपैयाँभन्दा बढी कारोबार हुने पब्लिक कम्पनीले सेयर जारी गर्नुपर्ने व्यवस्था कार्यान्वयन गर्न लागिएको जनाएको हो ।

यसको लागि कम्पनी ऐन २०६३ मा सुधार गर्नुपर्ने भएकाले कम्पनी रजिष्टारको कार्यलयसँग समन्वय भइरहेको बोर्डले बताएको छ ।

चालु आर्थिक वर्षको बजेटले एक अर्ब वा सोभन्दा बढी पूँजी भएको र ५ अर्ब रुपैयाँभन्दा बढी कारोबार भएको कम्पनीले सेयर जारी गर्नुपर्ने व्यवस्था गरेको थियो ।

विशेष गरी प्राकृतिक स्रोतको उपयोग गर्ने कम्पनी, राज्यबाट अनुदान, कर छुट सहुलियत पाउने पब्लिक कम्पनीले सेयर जारी गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply