कास्कीका आगलागी पीडितलाई सहयोग

विदेशी भूमिमा (युके) रहेर माइला कान्छा अभियानमार्फत सामाजिक सेवामा जुटिरहनुभएका माया गुरुङ र पार्वती गुरुङले एक कन्सर्ट कार्यक्रममा चना चटपट र सेलरोटी बचेर कास्कीका आगलागीबाट पीडितलाई सहयोग रकम जुटाउनुभएको छ । विदेशी भूमिमा रहे पनि मन सधैँ नेपाली माटोमा नै हुने र मानवीयतालाई भूगोलले नछेक्ने जनाउँदै समस्यामा परेका नेपालीलाई माइला कान्छा अभियानमार्फत माया गुरुङ (कान्छा दाइ) पार्वती गुरुङ (माइला दाइ) सहयोगमा जुट्दै आउनुभएको हो । केही समय पहिले कास्कीको माछापुच्छ्रे« गाउँपालिका–८ कोलेली निवासी शोभाखर काफ्ले र लुम्रै निवासी गोलमान गुरुङको घरमा ग्यास सिलिण्डर पड्केर आगालागीबाट ठूलो क्षति भएको भन्ने खबर थाहा पाएपछि सहयोगमा जुटेको अभियन्ता माया गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले गाउँमा ग्यास पड्केको र क्षति भएको भन्ने थाहा पायाँै, अनि मे २८ तारिखमा मगर सङ्घ युकेले आयोजना गरेको नेपाली ओपन कन्सर्टमा अभियानका पार्वती गुरुङ साथै परोपकारी कविता गुरुङ र लता चेम्जो गुरुङको सक्रियतामा चिया, चटपट, काँक्रो, खरबुजा, सेलरोटी बचेर केही आर्थिक रकम सङ्कलन गरेका हौँ ।” उहाँले सङ्कलित रकममा केही थपथाप गरेर पीडित दुई परिवारलाई रु ५० हजारका दरले रु एक लाख रकम नेपाल पठाएको जानकारी दिनुभयो । विदेशबाट प्राप्त उक्त रकम गाउँका स्थानीय युवा शङ्करमान गुरुङ र मिर्मिरे आमा समूहका अध्यक्ष राजकुमारी गुरुङको समन्वयमा माछापुच्छ्र«े गाउँपालिका वडा नं ८ का वडाध्यक्ष रामबहादुर गुरुङले पीडितद्वय शोभाखर काफ्ले र गोलमान गुरुङलाई उक्त रकम हस्तान्तरण गर्नुभएको हो । माइला कान्छा अभियानले कोभिड–१९ को समयमा कास्कीको पोखरालगायत आसपासका बस्तीमा पुगेर राहतसँगै औषधि उपचारमा समस्या भएकालाई सहयोग रकम उपलब्ध गराएको अभियानका अर्का अभियन्ता पार्वती गुरुङले जानकारी दिनुभयो । —

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply