श्रावण शुक्ल पञ्चमी अर्थात् नागपञ्चमीका अवसरमा पशुपतिनाथ मन्दिर परिसरमा रहेको नागराज वासुकीको मन्दिरमा १०० भक्तजनले आज विशेष पूजा गरेका छन् ।
नागपञ्चमीका अवसरमा एउटा विशेष पूजाको रु सात हजार ५०० को रसिद काटिएको पशुपति क्षेत्र विकास कोष, संस्कृति संरक्षण महाशाखाका निमित्त प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । यसै अवसरमा वासुकीनाथ मन्दिर परिसरमा चार काल सर्प योगको पूजा पनि गरिएको छ । काल सर्प योग शान्तिका लागि रु १५ हजारको रसिद काटिएको कोषले जनाएको छ । यो पूजाको व्यवस्था यसै वर्ष साउनदेखि सुरु गरिएको हो । भगवान् शिवले गलामा नाग धारण गर्ने हुनाले पशुपतिनाथको मन्दिर स्थापनाकै समयमा पशुपतिनाथ परिसरमा वासुकीनाथको मन्दिर स्थापना गरिएको हो । वासुकीनाथका भट्टको अनुपस्थितिमा पशुपतिनाथकै भट्टले यहाँको पूजा विधि चलाउने परम्परा छ । नाग पञ्चमीका अवसरमा आज करिब ५० हजारभन्दा बढी भक्तजनले वासुकीनाथको पूजा आराधनासहित दर्शन गरेको कोषले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1