मेयर ओझाद्वारा राजघाट झाेलुङ्गे पुलकाे शिलान्यास

सरस्वती सुनार कञ्चनपुर :साउन २० कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा रहेको माेहना नदिमा निर्माण हुने झाेलुङ्गे पुलकाे शिलान्यास गरिएको छ ।पुलको शिलान्यास कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले गरेका हुन । कृष्णपुर ९ राजघाट रिभर साइड फुटबल खेलमैदानदेखि उत्तर तर्कमा पुल निर्माणकाे कार्य सुरु भइरहेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ३ बाेराडाँडी जाेड्ने ६९.४० मिटर लम्बाई, १२० (२.MC ) CM चौडाइ झाेलुङ्गे पुलकाे शुक्रबार कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले शिलान्यास गरेका हुन् । करिब ८४ लाख ४०हजार ८ सय १ रुपैयाँको लागतमा निर्माण हुने झाेलुङ्गे पुल सम्झौता मिति २०७९-०१-०१ मा भएको थियोे भने पुल सम्पन्न मिति २०८०-०२-३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य रहेकाे छ । झाेलुङ्गे पुलकाे शिलान्यास गर्दै नगर प्रमुख ओझाले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ काे सिमानामा रहेता पनि विकासमा स्थानीय र प्रदेश सरकार जागरुक बनेकाे बताए ।

राजघाट झाेलुङ्गेपुल उपभाेक्ता समितिका अध्यक्ष तिलक बहादुर महराकाे अध्यक्षतामा भएकाे कार्यक्रममा कृष्णपुर नगर पालिकाका प्रमुख हेमराज ओझा, कृष्णपुर ९ का अध्यक्ष कैलाश बलायर, नेकपा एमालेका पुर्व वडा अध्यक्ष छत्र बहादुर महरा निर्माण समितिका काेषाध्यक्ष सीता देवी महरा , सचिव दिपक जाेरा, सदस्य चन्द देव महरा , धर्मा देवी महरा , मिना देवी महरा लगायत स्थानीय जनप्रतिनिधि विभिन्न पार्टीका नेता कार्यकर्ता सर्वसाधारण लगायतकाे उपस्थिति रहेको थियो । विभिन्न विकास निर्माण कार्य शुरु भएको मेयर ओझाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply