स्थानीय स्तरमा उत्पादित बस्तुको बजारीकरणका लागि महत्वपूर्ण भूमिका

  1. धनको रुपमा मात्रै नभई स्थानीय स्तरमा उत्पादित बस्तुको बजारीकरणका लागि महत्वपूर्ण भूमिका खेलोस् भन्नुहुन्छ । उक्त झोलुङ्गे पुलमा मानिसको भीड बढेपछि सुरक्षा सतर्कता तथा भिरालो ठाउँमा भएकाले सवारी साधनको पार्किङमा पनि समयमै ध्यान दिनुपर्ने बताइएको छ । पुलको क्षमता कति हो र एकपटकमा कति जनासम्म उक्त पुलमा आवतजावत गर्न सकिने हो भन्नेमा ध्यान दिनुपर्ने त्यहाँ पुग्नेको सुझाव छ । उक्त झोलुङ्गे पुल तीन सय ६८ मिटर लामो र एक सय ९० मिटर उचाइको रहेको छ । रु एक करोड ८३ लाखमा पुल निर्माण भएको हो । स्याङ्जाको गल्याङ नगरपालिका–७ पेलाकोट र ८ को चिउरी जोड्ने आँधीखोलामाथि बनेको झोलुङ्गे पुल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा छ । पुल निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक पर्यटक घुम्न जाने गरेका कारण भीड बढ्दै गएको हो । वालिङ बजारबाट करीब ११ किलोमिटर र गल्याङ बजारदेखि करिब सात किलोमिटरको दुरीमा सिद्धार्थ राजमार्गको छेउमै निर्माण गरिएको झोलुङ्गे पुलमा दैनिक डेढ दुई सय अवलोकनका लागि आउने गरेका स्थानीय ज्ञानबहादुर रानाले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्ग भएर यात्रा गर्नेहरु पनि एकपटक यो पुलमा झरेर अवलोकन गर्ने तथा फोटो खिच्ने, टिकटक बनाउने गरेर जाने गरेका उहाँले बताउनुभयो । “भर्खरै निर्माण सम्पन्न भई खुल्ला गरिएको यो पुलमा विशेष गरी शनिबार दुई÷तीन सय आन्तरिक पर्यटक आउने गरेका छन्”, उहाँले भन्नुभयो, “अन्य दिन भने साँझको समयमा बढी र दिउँसो र बिहानमा थोरै आउने गर्छन् ।” दुई ठूला चट्टानी पहाडको बीचबाट बहेको आँधीखोलामा निर्माण गरिएको झोलुङ्गे पुल जिल्लाकै सबैभन्दा लामो र अग्लो रहेकाले यहाँ पर्यटकको आकर्षण बढ्दै गएको हो । “यो पुल निर्माण भएसँगै साथीभाइको समूह, पारिवारिक समूह धेरै आउने गरेका छन्”, उहाँले भन्नुभयो, “सिद्धार्थ राजमार्गसँगै पुल जोडिएकाले पनि जतिबेला पनि सवारी साधन पाइने भएकाले पनि पुलमा घुम्न आउने बढेका हुन् ।” गल्याङ ७ पेलाकोटमा रहेको केदारनाथ मन्दिरमा आउनका लागि पनि पुलले महत्वपूर्ण भूमिका खेल्ने विश्वास केदारनाथ मन्दिर धार्मिक तथा पर्यटन विकास समितिका सचिव टिकाराम पाठकको छ । “बाटोको सहज पहुँच नहुँदा धार्मिक महत्व धेरै हुँदाहुँदै पनि यहाँ दर्शनका लागि दर्शनार्थी आउन सक्नुभएको थिएन”, सचिव पाठकले भन्नुभयो, “मन्दिरको भौतिक पूर्वाधारको काम भइरहेकाले अब छिट्टै पुलको मुखदेखि मन्दिरसम्म पुग्न सडक तथा सिँढी बाटो निर्माणमा जोड दिन्छौं, जसले गर्दा दर्शनार्थीलाई मन्दिरसम्म पु¥याउन सकियोस् ।” विसं २०७७ असारमा नुवाकोटको एसए शैलेन्द्र जेभीलेले सम्झौता गरेर निर्माण सुरु गरेको पुल २०७८ वैशाखमा सक्नुपर्नेमा कोरोनाले समय थपेर एक वर्षपछि विसं २०७८ असार अन्तिममा निर्माण सकिएको हो । देख्दा नजिकै देखिए पनि आँधीखोलाले बनाएको गल्छीले घुमेर वारपार गर्दा एक दिनै खर्चनुपर्ने अवस्था पुल निर्माणसँगै अन्त्य भएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply