कृष्णपुर नगरपालिकाका जनप्रतिनिधिलाई क्षमता अभिवृद्धि तालिम

 

कञ्चनपुर । कृष्णपुर नगरपालिकाका कार्यपालिका सदस्य लगायत कर्मचारीलाई कृष्णपुरकाे योजना तर्जुमा, बजेट विनियोजन तथा प्रभावकारी कार्यान्वयन सम्बन्धी एक दिवसीय गोष्ठी आयोजना सम्पन्न गरियो ।

राष्ट्रिय मुक्त हलिया सशक्तिकरण परियोजना अन्र्तगत राष्ट्रिय मुक्त हलिया समाज महासंघ तथा युरोपियन युनियनको आर्थिक सहयोगमा साेमबार कृष्णपुर नगरपालिकाको हलमा गोष्ठी आयोजना सम्पन्न गरियो।गोष्ठीमा योजना तर्जुमा प्रशिक्षक कानुनी सल्लाहकार  अधिवक्ता चेतराज भट्टले कार्यक्रमका सहभागीहरुलाई विषेश जानकारी गराएका छन् I कार्यक्रमका सहभागिहरुलाई योजना तर्जुमा प्रकृयाका आधार योजना तर्जुमा प्रकृयासँग सम्बन्धित,स्थानीय सरकार सम्बन्धित स्थानीय तहको योजना तथा बजेट तर्जुमाका चरणहरुबारे अधिवक्ता भट्टले जानकारी दिएका हुन । यससँगै कार्यक्रमका सहभागिहरुलाई अनुसूचीमा भएका एकल र साँझा अधिकारका बारेमा समेत जानकारी गराए । मानव अधिकार र अपांगता सम्बन्धी भएका कानुनी आधारका बारेमा अन्तरक्रिया कार्यक्रमका सहभागिहरुलाई जानकारी गराए। अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथि कृष्णपुर नगरपालिका उप-प्रमुख द्राेपती रानाले  सम्पूर्ण कार्यपालिकाकाे साँझा  भिजन हुनु जरुरी रहेको बताइन्।उनले आगामी नगरपालिका बाट हुनसक्ने साथ सहयोग गर्ने प्रतिबद्धता समेत जनाइन् ।  कृष्णपुर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष  कैलाश बलायरले अन्तक्रिर्या कार्यक्रम बुझनेले मात्रै लय समात्ने भएकाले बुझेर गरेका कार्यले दिगोपना दिने बताए । योजना लागु गर्दा यसको प्रभावकारीताबारे जानकार हुनु पर्ने र स्थानीय तह सञ्चालनबारे जारी भएको ऐनका प्रावधानबारे गोष्ठीमा बुझने मौका पाइएको प्रतिक्रियाका साथसाथै ऐनमा भएका व्यवस्थाहरुलाई व्यवहारमा उतार्नु का साथ अन्तरक्रिया कार्यक्रममा सिकेका कुराहरुलाई सबैले  व्यवहारमा उत्तार्नु पर्ने उल्लेख गर्दै कार्यान्वयन पक्षलाई बलियो बनाइनुपर्ने समेत जानकारी गराए । अध्यक्ष बलायरले गोष्ठी निकै प्रभावकारी भएकाले अझै यस्ता क्षमता अभिबृद्धि गर्ने कार्यक्रम सञ्चालनमा आउनु पर्ने बताए।

कार्यक्रमका सभा अध्यक्ष तथा राष्ट्रि मुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले मुक्त हलिया पुनःस्थापनको कार्यलाई टुङ्गोमा पु-याउनु पर्ने बताउँदै आगामी राष्ट्रिय मुक्त हलिया परिवार लगतमा सबैमा समावेश हुन सकेका छैनन्, ‘छुटेका मुक्त हलियालाई प्रमाणीकरण गरी पुनः स्थापनसँगै बसोवासको व्यवस्था गरिनुपर्ने समेत बताए ।’

राष्ट्रिय  मुक्त हलिया सशक्तिकरण परियोजना परियोजना सुदूरपश्चिम प्रदेशका पाँच वटा जिल्लाका १५ स्थानीय तहमा सञ्चालन गरिएको जानकारी दिए। जसमध्ये कञ्चनपुरका तीन, डडेल्धुराका तीन, बैतडीका चार, डोटीका तीन र बझाङका दुई पालिकामा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए। राष्ट्रिय मुक्त हलिया अन्तरक्रिया कार्यक्रमको अध्यक्षता मुक्त हलिया महासंघ कञ्चनपुरका अध्यक्ष शिवि लुहार, प्रमुख अतिथि कृष्णपुर नगर उप-प्रमुख द्राेपती राना विशिष्ट अतिथि विष्णु भट्ट, प्रशिक्षक अधिवक्ता चेतराज भट्ट रहेको कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय मुक्त हलिया ग्रुप लिडर चक्रबहादुर आग्रि, कार्यक्रम संचालन अधिकृत अन्तराम वडले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply