पेस्तोल बरामद

सप्तरीबाट आज पेस्तोल बरामद भएको छ । सप्तरीको राजगढ गाउँपालिका–२ बनैनियाँस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले एउटा कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने एक राउन्ड गोली बरामद गरेको सशस्त्र प्रहरी बल ६ नं गण हेड क्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रदीप खड्काले जानकारी दिनुभयो ।

यस्तै जेठ ५ गते सप्तरीको हनुमाननगर कङ्कालिनीनगरपालिका–१ भारदहस्थित कोसी नदीको किनारबाट सशस्त्र प्रहरीले स्वचालित पेस्तोलसहित सोही ठाउँका २६ वर्षीय रञ्जित मण्डललाई पक्राउ गरेको थियो । प्रहरीले सुरक्षाको प्रत्याभूति गर्न विशेष जाँच अभियान चलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply