पिपरिया:जानकी सामुदायिक वनद्धारा तिज विषेश कार्यक्रम आयोजना

स्वेता भट्ट

कञ्चनपुर : कृष्णपुर नगरपालिका वडा नं. ९ पिपरिया स्थित शिव मन्दिरमा जानकी सामुदायिक वन उपभोक्ता समुहले तिज विषेश कार्यक्रमको आयोजना गरेको छ । हिन्दु धर्मावलम्बी महिलाहरुको महान पर्व तिजको अवसर पारी सामुदायिक वनले कार्यक्रमको आयोजना गरेको हो ।

 

जानकी सामुदायिक वनका अध्यक्ष चन्द प्रकाश भट्टकाे सभापतित्वमा आयोजित कार्यक्रमकी उपप्रमुख  प्रमुख अतिथि द्राेपती राना रहेकी थिईन भने विशिष्ठ अतिथिमा युवा नेता लेखराज जाेशी, अतिथिमा सब डिभिजन कार्यालय पिपरियाका प्रमुख नवीन सिंह, प्रेणा पाण्डे, कृष्णपुर ९ का अध्यक्ष कैलाश बलायर, कृष्णपुर, ८ का अध्यक्ष दिनेश खड्का, कृष्णपुर ५ का टेकराज पाण्डे अन्य अतिथि वनदेवी समुदायका अध्यक्ष निरज भण्डारी, जयसिंह विष्ट, कालिका चौधरी, कंगाली राना,अन्य  बुद्धिजीवी शिक्षक,महिला लगायत काे बाक्लो उपस्थिति

रहेको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि उपप्रमुख द्राेपती रानाले  तिज आफ्नो श्रीमानको लामो आयुको लागी ब्रत बस्ने मात्रै नभई महिलाहरुलाई एक ठाउँमा भेला गराई रमाईलो गर्ने पर्व पनि भएको बताईन । उनले महिलाहरुलाई अगाडी बढाउन र घरको चुलोचौकोबाट बाहिर ल्याउन यस्ता कार्यक्रम मार्फत नगरपालिकाले आगामी महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताईन । उनले भनिन्  उच्चतहहरुमा पनि महिलाहरु पुग्न आवश्यक रहेको बताईन । यस्तै कार्यक्रममा बोल्दै समाजसेवी महिला प्रेणा पाण्डेले महिलाहरुले आफ्ना सुखदुख एकअर्काबिच साट्ने पर्वका रुपमा पनि तिजलाई लिन सकिने बताईन । उनले आफ्नो शरिरको ख्याल गरी  तिजलाई उल्लासमय तरिकाले मनाउन आग्रह गरिन ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि युवा नेता लेखराज जाेशीले वर्षको एक दिन घरका सम्पुर्ण समस्याहरु बिर्सेर साथीसंगीसँग रमाईलो गर्दै मनाईने पर्वका रुपमा तिजलाई लिएको बताए । उनले चुलोचौकोमा मात्रै सिमित महिलाको अस्तित्वलाई बाहिर ल्याउन र श्रीमानको लामो आयुको कामना गर्न परम्परादेखी नै महिलाहरुले तिज मनाउदै आईरहेको बताए । नारीको संस्कार र नेपाली संस्कृति झल्कने तिजको मौलिख पहिचान हराउदै गएको बताउदै उनले यस्तो विषयमा संवेदनशिल बन्न जरुरी रहेको सुझाव दिए । महिलाहरुको महान पर्व तिजको अवसर पारी कार्यक्रमको आयोजना गरिएको अनु रानाले बताईन । कार्यक्रममा संघ संस्थापक अध्यक्ष, पुर्व अध्यक्ष ,लगायत वडाका  सदस्यहरुको सहभागीता रहेको थियो , कार्यक्रम संचालन अनु रानाले गरेकी थिइन् । कार्यक्रम सभ्र भब्य का साथ समापन भएको थियोे । कार्यक्रमकी संयोजक विष्णा बोहराको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाकी व्यवस्थापक क्षेत्रा साउँदले गरेकी थिईन । यस्तै कार्यक्रमको समापन पश्चात महिलाहरुले तिजका गितहरुमा नृत्य समेत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply