पार्टीले टिकट दिए बैतडीबाट चुनाव लड्छु : धामी

बैतडी : डिलाशैनी गाउँ पालिका वाड न.७ हाल काठमाडौमा ल फर्म संचालक गरि सकृय कानुनी ब्यवसायी अधिवक्ता अमर सिंह धामी

नेपाल कम्युनिस्ट पार्टी माओवादी को भ्रातृ संगठन अखिल क्रान्तिकारीको पुर्व  केन्द्रीय सचिवालय हाल नेकपा माओवादी केन्द्रको केन्द्रीय कानुन विभाग सदस्य राजनीतिक शाष्त्रमा स्नातकोत्तर एमए जनप्रशासनमा स्नातकोत्तर अध्ययनरत कानुनमा एल एल बि  अध्ययनरत शिक्षा कानुनमा स्नातक एल एल बि अधिवक्ता नेकपा माओवादी केन्द्र पार्टीमा २०५७ सालदेखी संगठित हुँदै निरन्तर सक्रिय सहभागी युद्धकालमा देशको गन्डकदेखि भेरी कर्णालीसम्मका तमाम मोर्चामा सक्रिय  सहभागी पार्टी आन्दोलनप्रति इमान्दार सकृय भुमिका निभाउदै आएका युवा नेता

आन्दोलनमा सक्रिय सहभागिता र परिवर्तनको एउटा हिस्सेदार भएको नाताले एनेकपा माओवादी केन्द्र नै पहिलो र उपयुुक्त रोजाइ हो मलाई पार्टीले न्याय गर्नेछ यदि अन्तिम विकल्पको रुपमा म स्वतन्त्र भएर एकपटक जनताको बिचमा जान चाहन्छु मैले जीवनमा धेरै परीक्षा दिए यसपटक बैतडीका  जनताको  चाहना मेरो जिम्मेवारी भन्ने मुल नाराका साथ बैतडी जिल्ला  क्षेत्रनम्बर १ ( क ) प्रदेश सदस्य पदमा चुनाव लड्ने तयारी गरेको छ । लामो समय सामाजिक आन्दोलनको नेतृत्व गरेका धामी  चुनाव लड्ने तयारीसँगै राजनीति गतिविधिमा सक्रिय भएको हो ।

नेकपा माओवादी केन्द्रका लागि पार्टीमा दिएका  जिम्मेवारी सम्हालिसकेका धामी  पछिल्लो समय  राजनीतिमा क्रियाशिल छन् । नेकपा माओवादी केन्द्र पार्टी बाट राजनीति शुरु गरेका धामी पार्टीको विभिन्न  जिम्मेवारीमा छन् ।

पार्टीले टिकट दिए चुनाव लड्ने  धामीले  मनसाय बनाएको माओवादी केन्द्रका स्थानीय नेताहरू बताउछन् । धामीलाई पार्टीले उम्मेदवार बनाउनेमा पूर्ण विश्वस्त छु ,रैकवार खबर डट कम न्युज सँग कुराकानी गर्दै एक नेताले भने

बैतडी  निर्वाचन क्षेत्र नम्बर १ ( क ) क्षेत्रबाट प्रदेश सभामा उम्मेदवारी दिने तयारी धामीले  गरेको छ। अहिलेसम्म यस क्षेत्रका लागि सबैको समर्थन पाएर पार्टीबाट एक्लो उम्मेदवारको रुपमा धामी रहेको पार्टी श्रोतको दावी छ । धामीले लामो समयसम्म पार्टी र जनताको सेवामा समर्पित रहि काम गरेकाले जनताको पुर्ण साथ र सहयोग रहने धामीका  निकट नेताहरु बताउछन् ।

चुनावी तयारीसँगै नेता धामी पार्टीको सबै बैठक सभामा सक्रिय उपस्थित जनाउँदै आएको छ । बैतडीका जनताकाे हक,अधिकार सुनिश्चितताका लागि लामो संघर्ष गरेका धामी  पार्टी भित्र समेत पिडित समुदायलाई संगठित गराउन दिनरात खटिएका छन् । समुदायका मुद्दा पार्टीबाटै सम्बोधन गराउनुपर्छ भन्दै पार्टीमा आवद्ध रहेका समुदायलाई कुशल बक्ता र नेताको पहिचान बनाएका  धामी संसदीय चुनावी प्रतिस्पर्धामा पहिलो  पटक भिड्न आफू तयारी अवस्थामा रहेको जानकारी गराए । डिलाशैनी गाउँपालिका स्थित घर भएका धामी काठमाडौमा बस्दै आएका थिए । काठमाडौबाट एक्कासी घर आएर

प्रदेश सभा बैतडी क्षेत्र नम्बर १ ( क )उम्मेदवार बनी ग्रामीण भेगका जनताको साथ रहि जनताको समस्या समाधानमा चासो राख्दै आएका छन् ।

आमूल परिवर्तनमा नेकपा माओवादिकाे ठुलाे याेगदान भएकाले अब बदलिएको ब्यवस्था कार्यान्वयन गर्ने जिम्मा पनि माओवादी कै भएकाले पनि जनताले माओबादिलाई बिजयी गराए मात्र देशमा समृद्धिकाे परिकल्पना सम्भव भएकाे बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply