विपी पुष्पलाल र प्रधानको स्मृतिमा बुटवलमा सामूहिक पार्क बन्ने

विपी कोइराला, पुष्पलाल श्रेष्ठ र सूर्यप्रसाद प्रधानको स्मृतिमा बुटवलको देवीनगरमा पार्क बन्ने भएको छ । बुटवल उपमहानगरपालिकाले वडा नं ११ देवीनगरमा सो पार्क निर्माण गर्न लागेको हो । गत स्थानीय निर्वाचनबाट निर्वाचित भएर पदस्थापन गरेको सय दिन पूरा भएको अवसरमा शुक्रबार नगरप्रमुख खेलराज पाण्डेयले शुक्रबार सो पार्कको शिलान्याश गर्नुभयो । कूल १७ कठ्ठा १४ धुरमा बन्ने पार्र्क सौन्दर्यीकरण गरी घुम्न र विश्राम गर्न लायक बनाइने नगरप्रमुख पाण्डेयले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले विपद्का समयमा हुनसक्ने जोखिमका लागि उपयोगी हुने गरी पार्क निर्माण गरिने भएकाले स्थानीयलाई लाभ पुग्ने बताउनुभयो । हालै बसेको कार्यपालिका बैठकले तीन नेताको स्मृतिमा पार्क निर्माण गर्ने निर्णय गरेको थियो । त्यसको लागि नगरपालिकाले रु ५० लाख बजेट विनियोजन गरेको शिक्षा तथा जनस्वास्थ्य महाशाखाका प्रमुख मित्रमणि खनालले जानकारी गराउनुभयो । —

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply