चट्याङ लागेर श्रीमान, श्रीमतीको मृत्युु

भाद्र १९कञ्चनपुर ;-  कृष्णपुर नगरपालिका ७ कलुवापुर मा आइतबार दिउँसो  परेको चट्याङ ले एक परिवारका श्रीमान् श्रीमतीको  मृत्यु भएको छ। चट्याङ लागेर मृत्यु हुनेमा कृष्णपुर ७ को २२ वर्षीय दिपक राना र उहाँकै श्रीमती २० वर्षीय मन्ताेरा राना काे मृत्यु भएको कुरा जिल्ला प्रहरी  कार्यालय कञ्चनपुरका प्रवक्ता  चक्र बहादुर शाहीले बताए । ट्रस्ट पुल नजिकै नदि किनारमा माछा मारेर घर फर्किने क्रममा चट्याङ लागेर गम्भीर घाइते भएका राना श्रीमान् श्रीमती उपचारका लागि सेती प्रादेशिक अस्पताल ल्याएपछि  उपचारका क्रममा मृत्यु भएको हो । प्रहरी निरीक्षक शाहीले  बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply