प्रतिनिधिसभा सदस्यका लागि कांग्रेसका उम्मेदवार सिफारिस

नेपाली कांग्रेस सङ्खुवासभाले प्रतिनिधिसभा सदस्यका लागि आठ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस सङ्खुवासभाको शुक्रबार बसेको बैठकले प्रतिनिधिसभा सदस्यका लागि पूर्व राज्यमन्त्रीसहित आठ जनाको नाम सिफारिस गरेको हो । बैठकले प्रतिनिधिसभा सदस्य र प्रदेशसभाका लागि उम्मेदवारको नाम सिफारिस गरेको जनाएको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जिल्ला सभापति दीपक खड्का, केन्द्रिय सदस्य तथा पूर्वराज्यमन्त्री तारामान गुरुङ, निवर्तमान सभापति दीपनकुमार श्रेष्ठ, पूर्वसांसद टङ्कप्रसाद राई, पूर्वजिल्ला सभापति जनक थापा, पूर्वसांसद पासाङ शेर्पा, मिङ्मा शेर्पा र उमेश चौहान गरी आठ जनाको नाम सिफारिस गरेको नेपाली कांग्रेस जिल्ला कार्यसमिति सङ्खुवासभाका प्रवक्ता दीपेन्द्र वान्तवाले बताउनुभयो । प्रतिनिधिसभामा समानुपातिकतर्फ छ जनाको नाम सिफारिस भएको छ । थलकुमार लिङखा, रामकुमार जिमी, दीपेन्द्र वान्तवा राई, ज्ञानबहादुर कार्की, एगराज पोखरले र बिना पौडेलको नाम सिफारिस भएको हो । त्यसैगरी प्रदेशसभा ‘क’ प्रत्यक्षतर्फ टकमान घले, रामकुमार थापा र मुक्तिसिं राई सिफारिस हुनुभएको छ । समानुपातिकतर्फ अन्नतकुमार गौली, उर्मिला पाण्डे गौली, उषा कार्की, किशोरकुमार गुरुङ, चक्रबहादुर बिसुन्के, चित्ररेखा अधिकारी कार्की, वंशीराज रेग्मी, निर्मला तामाङ बस्नेत, भक्तबहादुर श्रेष्ठ, भीमकुमार कार्की, मधुमाया राई, महेश श्रेष्ठ, लालकुमारी राई, शेरबहादुर वन सन्यासी, सल्यान नेपाली र हरिश्वर थापामगर रहनुभएको छ । त्यसैगरी प्रदेशसभा ‘ख’ मा प्रत्यक्षतर्फ दीपककुमार थक्लुङ लिम्बू एक जनाको मात्रै नाम सिफारिस भएको छ । समानुपातिकतर्फ भने कुमार अधिकारी, दीपेन्द्रमान शाक्य, डम्बरप्रसाद बस्नेत, रामबहादुर बस्नेत, चन्द्रकुमार घोण्डे गुरुङ, रमेशकुमार जिमी, गोकुलकुमार खत्री, राजेन्द्रबहादुर राउत, जीवन सुन्दास, शोभा घिमिरे, सानुमाया दाहाल, मुना दाहाल पोख्रेल, सीता श्रेष्ठ, विन्दा मोक्तान, सुमित्रा श्रेष्ठ, अञ्जना श्रेष्ठ र मीना याख्या रहुनधभएको छ । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा रहेको सङ्खुवासभामा २०७४ को निर्वाचनमा कांग्रेसले सङ्घ र प्रदेश सबै गुमाएको थियो । –––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply