लोकतान्त्रिक गणतन्त्र मा दलित समुदायकाे अवस्था

गाेविन्द बि क : निरंकुश तानाशाही राजतन्त्रको अन्त्य भयो ,श्रीमान को चितामा जिउदै श्रीमति लाई जलाउने सतिप्रथा को अन्त्य भयो,देशमा ठुला ठुला राजनीतिक परिवर्तन भये,जनयुद्ध जन आन्दोलन भय, देशमा अग्रगामी परिवर्तन का लागि आम गरिखाने बर्ग सर्बहारा किसान मजदुर दलित महिला र जात जाति सबै आन्दोलन मा सहभागी भये तर दलित समुदाय माथी लादेको समाज को कलङक छुवाछूत प्रथा को अन्त्य अझैसम्म हुन सकेको छैन। समाज मा राजनीति सामाजिकआर्थिक र संस्कार संस्कृतिक रुपले पछाडि पारेको समुदाय को मुक्ति का लागि संर्घष गर्नु पर्छ समाजमा परिवर्तन ल्यानु पर्छ समाज मा सबै मानिस ले संमान जनक जिबन बाच्नु पाउने अधिकार छ तर हिन्दु धर्म ले समाज लाई जात का आधार मा विभेद गर्नलाई बाध्य बनाउछ समाजमा एक थरी मानिस जातका आधार मा संमान पाउछ भने येसै समाज मा हुर्केको येसै माटोमा जन्मेको परम्परा देखि भेसभुसा संमान रहेको मानिस आफ्नो जीवन सधै अपमानित हुँदै बाच्न बाध्य छ। हाम्रो देशमा छुवाछूत  एन र आयोग गठन गरेता पनि सामाजिक संङगरचना हिन्दु धर्म ले निर्धारण गरेका अनुसार नै चल्ने गरेको छ्न ।देश को शासन सत्ता ब्राह्मण बादी संस्कार र संस्कृति बोकेका मानिस को हात मा छ ।तेसैले देशमा जातीय ब्याबस्ता टिकाउन धेरै भर्म जाल फैलायर हिन्दु धर्म को बचाउ गरिरहे का छ्न ।देशको संबिधान ले धारा २४ ,मा छुवाछूत तथा भेदभाव विरुद्ध का हक १ कुनै पनि ब्याक्ती निजको उत्पती जात जाती समुदाय पेशा ब्याबसाय वा शारीरिक अबस्थाका आधार मा कुनै पनि निजि तथा सार्बजनिक स्थान मा छुवाछूत वा भेदभाव गरिने छैन।कुनै ब्याक्ती वा समुदाय लाई उच वा निच दर्शाउने जात जाती वा छुवाछूत का आधार मा सामाजिक भेदभाव लाई न्यायोचित ठान्ने छुवाछूत तथा जातीय उच्चता वा घृणा मा बिचार को प्रचार प्रसार वा जातीय विभेद गर्न पाईने छैन । भेदभाव जन्य कार्य गरेमा सामाजिक अपराध का रुपमा कानुन बमोजिम डन्ड निय हुनेछ ।पीडित ब्याक्ती लाई कानुन बमोजिम क्षेतिपुर्ती पाउने हक हुनेछ।भनी नेपाल को संविधान ले स्पष्ट लेखेको छ।तर याहा संविधान ले दियेको अधिकार लाई पनि हिन्दु कट्टर पन्थी हरुले लागू गर्न दिदैनन ।हाम्रो समाज मा दलित को हक अधिकार सम्बन्धि जति बोले पनि जातीय भेदभाव देश का उच्च जाति को पदावली पायेका जातिहरुले हिन्दु धर्म अनुसार ब्याबाहार गर्ने गरेका छ्न। जस्तै  समाज का उच्च जाती का उपाधी पायेका ब्राह्मण बादी संस्कृति बोकेका ले आफ्नो घर को जन्ती भोज भतेर मा दलित समुदाय लाई बोलान समेत छोडी सके जिउँदो को जन्ती मरेको मलामी भन्ने उखान छ तर दलित समुदाय कि ब्याक्ती मर्‍यो भने मलामी जान सहित छोडी सके  भने  हाम्रो देश को प्रचलित कानुन न मानिकन हिन्दु धर्म अनुसार जातीय ब्याबस्था लाई कायम गर्न खोजिन्छ यो लोकतान्त्रिक गणतन्त्र मा पनि सामन्ती ब्याबस्था का अबशेश लाई बचाउने तिर लागेका छ्न ! यसरी जातीय अपहेलना बढदै गयेको देखिन्छ ।देशका प्राकृतिक सम्पदा सबैको बराबर हक लाग्छ तर जात का आधार मा एउटा समुदाय ले सबै प्रकार का साधन श्रोत माथी अधिकार जमायेर बसेका छ्न ।र दलित समुदाय  बाडी पैरो लाग्ने जङ्गल को छेउ छाउमा बस्न बाध्य छ्न। तै पनि ऐलानी सुकुम्बासी भयेर बसेका छ्न योस्तो अबस्थामा दलित समुदाय बचिरहेका छ्न ।हामिले लोकतान्त्रिक गणतन्त्र आयो समतामूलक समाज बनानु पर्छ  भनेर राज्य को ढुकुटी बाट लाखौं रुपया जन चेतना कार्यक्रम मा खर्च गरेका छौ तर उपल्बधी शुन्य  खासै त ब्राह्मण धर्म  हिन्दु धर्म को बिरोध गर्नु पर्छ र हिन्दु धर्म ले मानव समाज मा लाधेको सबै भन्दा कलङ्कित जातीय छुवाछूत ब्यबस्था को अन्त्य गर्नु पर्छ । यो अबस्था लोकतान्त्रिक गणतन्त्र मा दलित समुदाय को हुनुहुनन लोकतान्त्रिक गणतन्त्र मा सबै समुदाय जात जाती दलित जाती सबै ले संमान जनक जीवन बाच्नपाउने अधिकार पराप्त हुनु पर्दछ ।

  1.             नेकपा (माओवादी केन्द्र )

केन्द्रिय सदस्य

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply