कमल थापाले गाई नपाउने, सर्वोच्चले गर्‍यो रिट खारेज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाले गाई चुनाव चिह्न नपाउने भएको छ ।

सो पार्टीका अध्यक्ष कमल थापाले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएपछि गाई चिह्न पाउने बाटो बन्द भएको हो ।

गाई चुनाव चिह्न आफ्नो पार्टीले पाउनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थापाको रिट कुमार रेग्मी र तिल प्रसाद श्रेष्ठको इजलासले खारेज गरेको हो ।

अदालतको यो निर्णयसँगै उनले अब त्रिशूल चिह्नबाटै निर्वाचन लड्नुपर्ने छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि थापा बाहिरिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply