ग्राहकलाई थाहा नदिई भ्यास सेवामा रिन्यु गरे कारबाही हुने

काठमाडौं । दूरसञ्चार सेवा प्रदायकले सेवा अटो रिन्यु गरे नियमक निकायले कारबाही गर्ने भएको छ । दूरसञ्चार सेवा प्रदायकहरुले ग्राहकको अनुमतिबिना भ्यालु एडेड सर्भिस (भ्यास सर्भिस) स्वतः नवीकरण गरे दूरसञ्चार प्राधिकरणले कारबाही गर्ने भन्दै सूचना निकालेको हो ।

सेवा प्रदायकबाट ग्राहकले प्रयोग गरेको सेवा पुनः प्रयोग गर्ने वा नगर्ने विषयमा ग्राहकलाई जानकारी गराएर मात्रै सेवा रिन्यु गर्नुपर्ने प्राधिकरणले बताएको छ । सेवा पुनः प्रयोग गर्न चाहाने ग्राहकलाई मात्रै सेवा रिन्यु गर्नु पर्नेछ ।

‘भ्यास सेवाको अविधि सकिन लागेको जानकारी ग्राहकलाई सेवा अवधि सकिनुभन्दा अघि नै एसएमएस मार्फत निःशुल्क रुपमा पठाउनु पर्नेछ । ग्रहाकले एसएमएसमा दिएको प्रतिक्रियाअनुसार नै सेवा पुनः लिन चाहेको भएमा रिन्यु गर्ने र प्रतिक्रिया नआएमा सेवा रिन्यु गर्न पाइदैन’ सूचनामा भनिएको छ ।

ग्राहको अनुमतिबिना सेवा रिन्यु नगर्न प्राधिकरणले सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । यदि सेवा प्रदायकले आफु खुशी सेवा रिन्यु गरेमा प्राधिकरणले सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply