बिपी जयन्तीका अवसरमा सूचना प्रविधि कक्ष र पुस्तकालय शुभारम्भ

नेपाली कांग्रेस गण्डकी प्रदेशले विपी जयन्तीका अवसरमा सूचना सञ्चार तथा प्रचारप्रसार विभागअन्तर्गतको सूचना प्रविधि कक्ष र बिपी स्मृति पुस्तकालय आजदेखि सञ्चालनमा ल्याएको छ । पुस्तकालयको एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति प्रा डा केदारभक्त माथेमा र सूचना प्रविधि कक्षको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले उद्घाटन गर्नुभयो । कार्यक्रममा पूर्वउपकुलपति माथेमाले नेपाली कांग्रेस गण्डकी प्रदेशले पुस्तकालय स्थापना गर्नु खुसीको कुरा रहेको बताउँदै पार्टी कार्यालयमा आउने जो कोहीले पुस्तकालयमा बसेर समय बिताउने मात्र नभई ज्ञान लिएर जाने वातावरण बनेको धारणा राख्नुभयो । ज्ञान लिन उमेरको कुनै अर्थ नरहेको हुँदा बालकदेखि वृद्धसम्मका व्यक्तिलाई शिक्षाको आवश्यकता रहने र शिक्षाले नै मानिसलाई बौद्धिकता प्रदान गर्ने उहाँले बताउनुभयो । कांग्रेस गण्डकी प्रदेश सभापति शर्माले पार्टीको गण्डकी प्रदेश कार्यालयलाई समयसापेक्ष अगाडि बढाउँदै लाने प्रयास गरिएको बताउनुभयो । प्रदेशका गतिविधिलाई प्रदेश कार्यालयबाट नै सूचना सम्प्रेषण गर्ने, साइवर सुरक्षा गर्ने जस्ता काम विभागले गर्ने उहाँले जानकारी दिनुभयो । सामाजिक सञ्जालमा प्रदेशका गतिविधिसमेत प्रभावकारी बनाउने उद्देश्यसहित स्थापना गरिएको बताउँदै उहाँले आगामी दिनमा केन्द्रीय नीति ‘जनताका साथमा नेपाली कांग्रेस’लाई सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । नेपाली कांग्रेस गण्डकी प्रदेशले स्थापना गरेको करिब रु ३० लाखको अक्षयकोषमा प्रदेश सभापति शर्माले रु २५ हजार नगद हस्तान्तरण गर्दै पुरस्कारको थालनी गर्नुभयो । कार्यक्रममा बिपी सङ्ग्रहालयका संस्थापक अध्यक्ष पर्शुराम पोखरेलले अक्षय कोषका लागि रु एक लाख सहयोग गर्ने वचनबद्धता व्यक्त गर्नुभयो । अक्षयकोषबाट गण्डकी प्रदेशका ११ जिल्लाका ११ जना उत्कृष्ट व्यक्तिलाई प्रत्येक वर्ष नगद रु २५ हजार र दोसल्लासहित सम्मान गर्र्ने लक्ष्य लिएको गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बाँस्तोला (मधु)ले जानकारी दिनुभयो । सूचना, सञ्चार तथा प्रचारप्रसार विभागका उपप्रमुख शिरोमणि बरालका अनुसार सूचना प्रविधि कक्षबाट नेपाली कांग्रेसका गतिविधि जनतामा पु¥याउनुका साथै पार्टीका गतिविधिलाई प्रविधिसँग जोड्ने लक्ष्य लिइएको छ । कार्यक्रममा उपसभापति मेखलाल श्रेष्ठ, महामन्त्रीद्वय किरणबाबु श्रेष्ठ र विष्णु लामिछाने, कांग्रेसका कास्की जिल्ला सभापति किशोरदत्त बराल, पूर्वसभापति कृष्ण केसी, नेता देवराज चालिसे, प्रा डा कुुसुमाकर न्यौपानेलगायतले बिपीको योगदानको चर्चा गर्दै सूचना प्रविधि कक्ष तथा पुस्तकालयको प्रभावकारिताबारे चर्चा गर्नुभयो । —

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply