सभ्य र समतामूलक समाज निर्माण गर्नु आजको आवश्यकता

ईस्वर सुनार

कञ्चनपुर : हातमा शंक हुने मित्रहरू शंक लियर आन्दोलन गर्ला हातमा औजार हुने हरु औजार लियरआन्दोलन मा आउला, यो समस्या को समाधान होईन मित्रहरू,गलत लाई गलत भन्न सिकम ,हिम्मत गरम। मर्ता क्यानही कर्ता ??????? हजारौं वर्ष विभेद सहेर बाचिरहे को समुदाय हजारौं वर्ष धर्मका अधारमा शासन गर्ने विच को खाडल को लडाई हो।खुलेर बहस गरौ के सहि के गलत ????? केही दिन हिरासत मा बस्दा यति पीडा भयो हजारौं वर्ष विभेद सहेर बस्दा कतिपिडा भयो होला अनुमान् गरौ त मित्रहरू ????? नेपालको संविधानले जातीय भेदभाव र छुवाछुतलाई गम्भीर अपराध मानेको छ । छुवाछुत र भेदभाव नहुने अवस्था सिर्जना गरी प्रत्येक व्यक्तिको समानता, स्वतन्त्रता र मानव मर्यादाका साथ बाँच्न पाउने हकको संरक्षण गर्ने व्यवस्था संविधानमा नै गरिएको छ । तरपनि संविधानप्रदत्त अधिकारको सही कार्यान्वयन हुन सकेको छैन । यसको कार्यन्वयनका लागि जिम्मेवार निकाय जबाफदेही हुनु पर्छ।जातीय विभेद कानुनतः वर्जित छ । सरकार सञ्चालकदेखि राजनीतिक दलका नेता–कार्यकर्ता, कानुन व्यवसायी, बुद्धिजीवीलगायतले हरेक मञ्चमा दाबी गरिरहन्छन्– नेपाली समाजमा जातीय विभेद छैन, हटिसक्यो । तर, वास्तविकतामा यो सत्य होइन । जातीय विभेद नेपाली समाजमा यति धेरै जकडिएको छ कि यसबाट नेपाली समाजलाई मुक्त गर्न ठूलै सांस्कृतिक रूपान्तरणकारी अभियानको आवश्यकता देखिएको छ । समाजमा रहेका सबै प्रकारका विभेद, असमानता र विकृतिहरूको अन्त्य गरी सभ्य र समतामूलक समाज निर्माण गर्नु आजको आवश्यकता हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply