ओली जनकपुर जाँदै, कांग्रेसका पूर्वउपसभापतिसहित विभिन्न दलका कार्यकर्तालाई एमालेमा भित्र्याउने

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज जनकपुरधाम जाँदैछन् । कांग्रेस, जसपा, लोसपा र माओवादीका प्रभावशाली नेताहरूलाई पार्टी प्रवेश गराउने ओली त्यहाँ जान लागेका हुन् ।

कांग्रेस धनुषाका पूर्वउपसभापति सन्तोष यादव एमालेमा प्रवेशको तयारीमा छन् । शेरबहादुर देउवानिकटका उनी अघिल्लो अधिवेशनमा जिल्ला सभापतिमा पराजित भएका थिए ।

आन्तरिक कलह बढ्दा पार्टीमा बस्न उपयुक्त नभएका कारण आफू समर्थक नेता(कार्यकर्तासहित एमालेमा प्रवेश गर्न लागेको उनले बताए । एमाले धनुषाले जनकपुरधाममा चुनावी सभासमेत राखेको छ ।

ग्रामीण क्षेत्रबाट कार्यकर्ता र जनता कार्यक्रमस्थल आउने क्रम सुरू भएको छ । बिहान ११ बजे ओली जनकपुर पुग्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply