सिट बाँडफाँटको कसरत फेरि सुरु, बालुवाटारमा गठबन्धन बैठक जारी

काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुबीच सिट बाँडफाँटको विषय टुंग्याउन बालुवाटारमा बैठक जारी छ । अपराह्न ४ बजेदेखि बसेको बैठकमा दलहरुले सिट बाँडफाँट टुंगो लगाउने कसरत गरिरहेका छन् ।

लामो समयदेखि भागवण्डा पेचिलो बनेकोमा केही दिनयता बेठक बसेको थिएन । निर्वाचन आयोगले असोज २ र ३ गतेभित्र समानुपातिकतर्फको बन्दसूची पेस गर्ने समय दिएकोमा दलहरु त्यसैमा व्यस्त थिए ।

यसअघि आजको बैठकमा बाँडफाँट मिलाइने सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका थिए । हालसम्म गठबन्धनमा ९० सिटमा कुरा मिलेको दाबी गरिएको छ भने बाँकी सिटमा भने सहमति भएको छैन ।

गठबन्धनले साउनमा सिट बाँडफाँटका लागि कृष्ण सिटौलाको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । त्यो कार्यदलले गठबन्धनका शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाइसकेको छ । त्यसैमा रहेर छलफल हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply