वीरगञ्जको रामवनमा बन्ने भयो मधेसकै पहिलो चिडियाघर, वनमन्त्री यादवले गरे शिलान्यास

जनकपुरधाम । सरकारले अनुमति दिएसँगै मधेस प्रदेशको वीरगञ्ज महानगरपालिकामा चिडियाघर (पर्सा प्राणी उद्यान)को वन तथा वातावरणमन्त्री प्रदीप यादवले शिलान्यास गरेका छन् ।

वीरगञ्ज उपमहानगरपालिका- २७ रामवनमा मन्त्री यादवले बिहीबार चिडियाघरको शिलान्यास गरेका हुन् । मन्त्री नियुक्त भएपछि गरेको घोषणाअनुसार मधेस प्रदेशकै पहिलो चिडियाखाना आज शिलान्यास भएको उनले बताए ।

चिडियाघर पर्सा जिल्लाको र समग्र मधेस प्रदेशको प्रमुख पर्यटकीय स्थल बन्ने र यसले यहाँको विकास र समृद्धिको लागि महत्वपूर्ण भूमिका खेल्ने मन्त्री यादवले विश्वास व्यक्त गरे ।

एक अर्ब एक करोड ७ लाख रुपैयाँको लागतमा चिडियाघर निर्माण हुनेछ । चिडियाघर पर्साको सवैया साझेदारी वनको पूर्व सिमानामा पर्छ । चिडियाघरको क्षेत्रफल ५० हेक्टर रहेको छ ।

मन्त्री यादवले चिडियाघर निर्माणका लागि गरेको प्रस्तावलाई भदौ ३० मा बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply