दुई केन्द्र नयाँ थपियो

स्याङ्जामा यसअघिका निर्वाचनमा मतदान हुँदै आएका दुई मतदानस्थल सारिएको र दुई नयाँ केन्द्र थपिएको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलसहित जिल्लामा क्रियाशील राजनीतिक दलहरुको संयुक्त बैठकले दुई मतदानस्थल स्थानान्तरण गर्ने र दुई केन्द्र थप गर्ने सहमति भएको स्याङ्जा जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

जिल्लामा कूल एकसय ९९ मतदानस्थलमध्ये वालिङ नगरपालिका र बिरुवा गाउँपालिकाका एक÷एक मतदानस्थललाई स्थानान्तरण गरिएको हो । वालिङ नगरपालिका– ८ को बोगटीडाँडामा रहेको मतदानस्थललाई वालिङ ८ कै शिवशक्ति सामुदायिक भवन भीमटारी बगैँचामा सारिएको छ। । बिरुवा १ को जनजागृति आधारभूत विद्यालयमा रहेको मतदानस्थललाई बिरुवा १ कै नवज्योति माध्यमिक विद्यालयमा सारिएको उहाँले जानकारी दिनुभयो ।

भौगोलिक कठिनाईका कारण अपायक, साँघुरो, पुराना भवनलगायत कारणले राजनीतिक दलहरुको सहमति र नयाँ थपिएका मतदानस्थल अवलोकन गर्दा उपयुक्त भएपछि मतदानस्थल सारिएको हो ।
“यसअघिका निर्वाचनमा एकसय ९९ मतदानस्थलमा तीन सय १८ वटा मतदान केन्द्रमा मतदान हुन्थ्यो” सूचना अधिकारी गौतमले भन्नुभयो, “अहिले दुई वटा नयाँ निर्वाचन केन्द्र थप गरी तीन सय २० वटा पु¥याइएको छ ।”

एउटा निर्वाचन केन्द्रमा अधिकतम एक हजार ५० जना पुगेपछि दोस्रो निर्वाचन केन्द्र रहने प्रावधान अनुसार मतदाताको संख्या थपिएसँगै केन्द्र पनि थप गरिएको उहाँले जानकारी दिनुभयो । दुई वटा नयाँ मतदान केन्द्र वालिङ ४ को जेठीकन्या आधारभूत विद्यालय र ८ को केदारनाथ मन्दिरमा नयाँ मतदान केन्द्र थपिएको हो । जेठीकन्यामा एउटा थपिएसँगै दुई वटा मतदान केन्द्र भएको छ भने केदारनाथ मन्दिरमा एउटा थपिएसँगै तीन वटा मतदान केन्द्र पुगेको छ ।

आगामी मङ्सिर ४ गते हुन लागिरहेको प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि कूल मतदाता दुई लाख ४४ हजार ८९ छन् । तीमध्ये महिला एक लाख २४ हजार साट ७८, पुरुष एक लाख १९ हजार तीन सय १० र अन्य एकजना रहेका उक्त कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply