गाउँ–गाउँमा दसैँको उल्लास

रोजगारीको कारण गाउँ छोडेर सहर पसेकाहरु चाडपर्व मनाउन फर्केपछि गाउँ–गाउँमा दसैँको उल्लास छाएको छ । यतिबेला सहर सुनसान छन् भने गाउँमा दसैँको रौनकता छाएको छ ।

चाडपर्वमा बिदा पाउने भएपछि दसैँमा घर फर्किनेको सङ्ख्या उल्लेख्य छ । सहरमा पढ्न बसेका विद्यार्थीसहित अन्य कर्मचारी, मजदूरलगतयत दसैँमा घर फर्किन्छन् । राज्यले चाडपर्वको सेवा सुविधादेखि बिदासमेत यसै समयमा दिने भएकाले पनि दसैँमा गाउँ फर्किनको सङ्ख्या उल्लेख्य हुन्छ । दसैँमा मान्यजनबाट टीका जमरा ग्रहण गरी आशिर्वाद लिन गाउँ फर्किने गरेको सुदूरपश्चिम विश्वविद्यालयका प्राध्यापक उमाकान्त जोशीले बताउनुभयो ।

“दसैँको बेला सहर सुनसान छन्, गाउँमा रमाइलो छ”, उहाँले भन्नुभयो, “अरु बेलाभन्दा दसैँमा घर फर्किनु अनिर्वाय जस्तै भइसकेको छ, यो बेला गाउँमा उल्लास छाउँछ ।” तराइमा बसोबास गर्ने अधिकांश व्यक्ति पहाड उक्लिने गरेका छन् । “पहाडबाट तराइमा बसाइ सर्नेहरु कुल पुजा गर्न हरेक वर्ष दसैँमा जन्मथलो फर्किन्छन”, जोशीले भन्नुभयो, “यसले पनि दसैँको बेला सहर सुनसान हुन्छन् ।”

कतै खेलकुद प्रतियोगिता त कतै गीत सङ्गीतले गाउँ गुञ्जायमान छन् । रोजगारी र पढ्न गएकाहरु फर्किए पछि गाउँको माहोल रमाइलो बनेको छ । कतिपय गाउँमा मठ मन्दिरमा सामुहिकरुपमा जमरा राख्ने चलन छ । “एकै पटक भेला हुँदा गाउँमा रौनकता छाएको छ”, कञ्चनपुरको सुडाका गोपाल मिश्रले भन्नुभयो । घटस्थापनादेखि दसैँसम्म गाउँका मन्दिरमा हुने पूजा र जात्राले रौनक बेग्लै हुने उहाँ बताउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply