सिक्टाले बनाएको बाँध फुटे पछि राप्ती नदी शोनवर्षा गाँउमा पस्यो

धनगढी :- शोनवर्षाका स्थानीयहरुलाई सुरक्षित स्थानमा पठाउदै प्रहरी
बाँके २१ असोज । मंगलबार रातिदेखि परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीले नरैनापुर वडा ६ शोनवर्षा, गंगापुर र कुदरबेटवा डुबानमा परेका छन् ।
राप्ती नदीमा पानीको सतह बढे पछि सिक्टाले शोनवर्षा नजिक बनाएको बाध शुक्रबार फुटे पछि शोनवर्षा लगायतका गाँउहरु डुवानमा परेका छन् ।
बाढीको भंगालो मानव बस्तीमा पसेपछि स्थानीय वडा नम्बर ६ शोनवर्षा, गंगापुर लगायतका गाँउ डुवानमा परेको नरैनापुर गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनु भयो ।
इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक बिरबहादुर सुनार नेतृत्वको प्रहरी टोली शोनवर्षा पुगेर स्थानीहरुको सहयोगमा फुटेको बाधमा माटोपटान सुरु गरेको छ भने शोनवर्षाका स्थानीयहरुलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको प्रहरी निरिक्षक सुनारले जानकारी दिनु भयो । ।
सिक्टाले बनाएको बाँध फुटे पछि पूरै मानव बस्ती जलमग्न भएको छ । राप्ती नदीमा पानीको सतह बढे पछि उक्त बाँध फुटेर मानव मस्तीमा पसेको हो । यता गाँउपाकिलका अध्यक्ष शाहले बाढी प्रभावित बस्तीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी तटीय क्षेत्रका नागरिकहरुलाई सुरक्षित ठाँउ पठाउने तयारी गरिएको बताउदै मानवीय क्षति हुन नदिन आफू लागी परेको जिकिर गर्नु भयो । सिक्टाले बनाएको बाध फुटे पछि गाँउपालिका अध्यक्ष शाहको प्रत्यक्ष निगरानीमा बाँधमा माटो पटान भई रहेको स्थानीयहरुले बताएका छन् ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार थप वर्षा हुने पूर्वानुमान रहेकोल ठूला तथा साना नदीमा एक्कासि बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply