देउवाविरुद्ध नेकपा एमालेले कर्ण मल्ललाई सघाउने, जिल्ला अध्यक्ष भन्छन्– देउवा हराउँछौँ

कैलाली । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नेकपा एमालेले कर्ण मल्ललाई सघाउने भएको छ । हिजो साँझ डडेल्धुरा जिल्ला कमिटीका पदाधिकारीहरूलाई भेटेर एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा तर्फ कांग्रेस बिपीका कर्ण मल्ललाई सघाउन निर्देशन दिएका थिए ।

यस अघि एमाले केन्द्रले प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाविरुद्ध मल्ललाई सघाउने निर्णय गरेको थियो । मल्लले प्रदेश सभा २ मा स्वतन्त्र उम्मेदवार डा.तारा जोशीलाई समर्थन गर्ने निर्णय गरेपछि एमालेले मल्लसँगको तालमेल भङ्ग भएको जनाएको थियो ।

तर, एमाले अध्यक्ष ओलीले मल्ललाई नै सहयोग गर्न निर्देशन दिएपछि पूर्ववत् समझदारी कायम हुने भएको हो । । प्रदेश सभाका दुवै तर्फ भने एमालेका उम्मेदवार कायम रहने छन् ।

प्रतिनिधि सभा तर्फ देउवालाई हराउन मल्ललाई सहयोग गर्न र दुबै प्रदेश सभातर्फ एमालेका उम्मेदवार विजयी गराउन तीव्र रुपमा लाग्न ओलीले निर्देशन दिएको एक पदाधिकारीले जानकारी दिए ।

त्यस अघि ओलीले शुक्रबार महेन्द्रनगरको चुनावी सभामा पनि डडेलधुरामा मल्ललाई समर्थन गर्न निर्देशन दिइसकेका थिए । । ‘हामी हाम्रो प्रतिबद्धतामा कायम छौँ । मैले सुने त्यहाँ कसैले वक्तव्य निकाल्यो भनेर । तर त्यस्तो अधिकार अरूलाई छैन,’ ओलीले सभामा भने ।

यता एमाले डडेलधुराका अध्यक्ष प्रकाश साउदले पनि प्रतिनिधि सभा तर्फ मल्ललाई जिताउने पक्षमा पार्टी रहेको बताए ।
‘एमालेको समर्थन कर्ण मल्ललाई नै हो’ उनले भने, ‘हामी देउवालाई हराउने र मल्ललाई जिताउने गरि लाग्छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply