मौद्रिक नीतिको समीक्षामा ब्याजदरको विषय सम्बोधनबारे के भन्छ राष्ट्र बैंक ?

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमास सकिसक्दासम्म राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छैन ।

राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले समीक्षा चुनावपछि सार्वजनिक हुने बताएका छन् । यो समीक्षामा ब्याजदरको विषय सम्बोधन होला कि नहोला भन्ने चासो पनि छ । ब्याजदर वृद्धिको विरोधमा सडक तताएका व्यवसायी अहिले ब्याक भएका छन् ।

व्यवसायीलाई राष्ट्र बैंकले ग्रिनसिग्नल त दिएको होइन भन्ने कतिपयले आशंका व्यक्त गरेका छन् । पहिलो समीक्षाबाट ब्याजदरको विषय सम्बोधनबारे नेपाल प्रेसको जिज्ञासामा भट्टले यो विषयमा अहिले सोचिनसकेको बताए ।

केही उच्च अधिकारीले भने सार्वजनिकरूपमा ब्याजदर तत्काल नघट्ने बताउँदै आएका छन् ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकहरूले हरेक महिना अघिल्लो महिनाको तुलनामा १० प्रतिशतले निक्षेपमा ब्याजदर बढाउन पाउने व्यवस्था छ । राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख प्रकाश श्रेष्ठले साउनमा मौद्रिक नीति सार्वजनिकताका ब्याजदर वृद्धिमार्फत आयातमा जाने कर्जा प्रवाह कम गर्ने लक्ष्य लिइएको बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply