दुबिधामा नपरी लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान ।।

धनबहादुर बिक
पुनर्वास बाम–लोकतान्त्रिक गठबन्धन निर्वाचन क्षेत्र १ कञ्चनपुरले केही दिन यता सामाजिक सञ्जालमा लोकतान्त्रीक बाम–गठबन्धन बिचमा भ्रम सृजना गर्ने र फाटोगर्ने बदनियतपूर्ण तरिकाले प्रचारबाजी गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार लोकतान्त्रिक बाम गठबन्धन संयुक्त निर्वाचन परिचालन समिति कञ्चनपुर क्षेत्र नम्बर १ कार्यालय बेलौरीमा पत्रकार सम्मेलनको आयोजन गरेर सामाजिक सञ्जालमा लोकतान्त्रीक बाम–गठबन्धन विचमा भ्रम सृजना गर्ने र फाटोपार्ने बदनियतपूर्ण तरिकाले प्रचारबाजी गरिएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । गठबन्धन बिरुद्धमा केही हार मानसिकता भएका दल, उम्मेदवार तिनका समुहले गठबन्धन बिरुद्धमा अनेकन भ्रम, प्रपोगाण्डा सृजना गरिरहेको र केही दिन यता सामाजिक सञ्जालमा समेत लोकतान्त्रिक बाम गठबन्धनका बिचमा भ्रम सृजना गर्ने र फाटो पार्ने बदनियत पूर्ण तरिकाले कु प्रचारबाजी गरिएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको निर्वाचन परिचालन मूल समितिका संयोजक लोकेन्द्र लम्साले बताउनुभयो ।
लोकतान्त्रिक बाम गठबन्धन कञ्चनपुर क्षेत्र नम्बर १ का साझा उम्मेदवार प्रतिनिधि सभा सदस्यमा नेकपा माओवादी केन्द्रकी विना मगर, प्रदेश सभा १ को १ मा नेपाली काँग्रेसका बन्धु राना र १ को २ मा नेपाली काँग्रेसका दिवान सिंह विष्टलाई कुनै प्रकारको दुबिधामा नपरी मतदान गर्न निर्वाचन परिचालन मूल समितिका सह संयोजक गोपी प्रसाद उपाध्यायले आह्वान गर्नुभएको छ । जनयुद्ध, दोस्रो जनआन्दोलनको मुल मर्म विपरित कार्य गर्ने प्रतिगमन शक्तिलाई बल पुग्ने गरी दुष्प्रचार गरिएको भन्दै समयमै सजक हुन नेता, कार्यकर्ता, शुभचिन्तक र आम मतदाताले सचेत रहनुपर्ने बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन क्षेत्र १ मुल परिचालन समितिका संयोजक लोकेन्द्र लम्साल र सह संयोजक गोपी प्रशाद उपाध्यायद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply