सिद्धार्थ बैंकका सेयर धनीलाई १३.१६ प्रतिशत लाभांश वितरण प्रस्ताव

काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीलाई १३.१६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । २० मंसिर मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश वितरणको प्रस्ताव गरेको हो ।

बैंकले हाल कायम चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार ८३१ रुपैयाँको १२.५० प्रतिशत बोनस सेयर र उक्त बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि ०.६६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply