हेटौँडा उपमहानगरको बजेट संशोधन

हेटौँडा उपमहानगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा संशोधन गरेको छ । उपमहानगरपालिद्वारा हेटाँैडामा आयोजित नगर परिषद् बैठकमार्फत् चालू आवको बजेटलाई संशोधन गरी रु तीन अर्ब पाँच करोड पु¥याइएको छ ।

हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँद्वारा सो बैठकमा प्रस्तुत प्रगति प्रतिवेदनमार्फत् जानकारी दिइएको हो ।

गत असारमा सम्पन्न ११औँ नगर परिषद्द्वारा चालू आवका लागि रु दुई अर्ब ७१ करोड ७९ लाख बजेट पारित गरिएको थियो । तर अघिल्लो आर्थिक वर्षको रु ३७ करोडभन्दा बढी जिम्मेवारी सरेर आएको योजना तथा कार्यक्रमको रकम भुक्तानी गर्नु परेकाले बजेट संशोधन गरिएको उहाँले बताउनुभयो ।

बैठकमा प्रस्तुत प्रतिवेदनमा चालू आवको हालसम्मको प्रगति प्रतिवेदन प्रस्तुत गरिएको थियो भने बाँकी अवधिमा गर्नुपर्ने कार्य तथा लक्ष्यको विवरण प्रस्तुत गरिएको थियो ।

चालू आवकोे मङ्सिर मसान्तसम्ममा सङ्घीय सरकारबाट समानीकरण तथा ससर्त अनुदानतर्फ रु ५५ करोड ४६ लाख, प्रदेश सरकारको समानीकरण अनुदानतर्फ रु ३७ लाख ५० हजार, राजस्व बाँडफाँटतर्फ रु ६ करोड सात लाख ६८ हजार र आन्तरिक स्रोततर्फबाट रु ८७ करोड ८७ लाख आम्दानी भएको उपप्रमुख बानियाँले जानकारी दिनुभयो । साथै उपमहानगरपालिकाले दुई सय ४८ वटा योजनामध्ये ४८ वटा योजना सम्पन्न गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको सो बैठकमा योजना कार्यावन्यनका आधारमा हेटौँडा-१४ लाई प्रथम र १५ लाई द्वितीय घोषणा गरिएको थियो । प्रथम र द्वितीय वडालाई क्रमशः रु २० लाख र १५ लाख बराबरको योजना अनुदानस्वरुप उपलब्ध गराउने जानकारी दिइएको थियो ।

उक्त अवसरमा प्रमुख लामाले हेटौँडा उपमहानगरपालिकामा जनअपेक्षाअनुरुप विकास निमार्णका साथै शिक्षा, स्वास्थ्य र रोजगारीमा जोड दिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply