वाईवाई एसईई आइडल आजबाट सुरु

धनगढी । सुदूर पप्श्चिम प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता वाईवाई एसईई आईडलको आजबाट सुरु भएको छ । आईडलको उद्घाघाटन कार्यक्रम हिलवर्ड ई. बो. स्कूलको संयोजनमा आज धनगढीको बुद्ध मन्दिरमा सम्पन्न भएको छ । कार्यक्रमका संचालक गुणाकर पनेरुले गरेका थिए ।

सुदूर पश्चिमका कुना काप्चामा लुकेर रहेका नृत्य र गायन प्रतिभा उजागर गर्ने उद्देश्यले आयोजित यस प्रतियोगिताका २५ वटा अडिसनहरु वि.सं. २०८० को जेष्ठ महिनासम्म सुपका ९ जिल्लामा आयोजना हुनेछन् । अडिसनमा सहभागी नृत्यहरु मध्ये उत्कृष्ट २० र गायन प्रस्तुती मध्ये उत्कृष्ट १० प्रस्तुतीलाई २०८० असार २ मा धनगढीमा हुने फाईनलमा समावेश गरिनेछ ।

नृत्य तर्फको विजेता र उप-विजेताले नगद पुरुस्कार क्रमश: रु. ५० हजार र रु. २५ हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर पुरुस्कार पाउनेछन् भने गायन तर्फको विजेता र उप-विजेताले नगद पुरुस्कार क्रमश: रु २0 हजार र रु. १० हजार सहित ट्रफि, विभिन्न गिफ्ट ह्याम्पर हात पानेछन् । साथै दुवै विधाका विजेता र उप-विजेताहरुले कक्षा ११ मा छात्रवृत्ति पनि पाउनेछन् । यस प्रतियोगितालाई सुदूरपश्चिम एकेडेमी र रेडिकल एकेडेमीको पनि सहयोग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply