सरकारमा जान उपराष्ट्रपतिसहित तीनवटा मन्त्रालय चाहिन्छ : जसपाकाे सर्त

काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा)को राजनीतिक समितिको बैठकले संघीय सरकारको सहभागिताको एजेण्डा तय गर्ने भएको छ । जसपाको राजनीतिक समितिको बैठक सोमबारदेखि बस्दैछ । उक्त बैठकले सरकारमा जाने वा नजाने भन्ने टुंगो गर्नेछ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने कि नदिने भन्ने पनि टुंगो लगाउँदैछ । जसपामा सरकारमा सहभागी हुने मनसायमा रहेको छ । यद्यपि, एकथरी नेताहरू भने सरकारमा जाने भन्दा संगठन सुदृढीकरणका लागि सडक संर्घषमा जानुपर्ने मत राख्ने पनि छन् ।

संघीय सरकारमा उचित भागवण्डा भए सरकारमा जानुपर्ने अधिकांश सांसदको राय रहेको छ । जसपा स्रोतको भनाइमा उपराष्ट्रपति र तीनवटा मन्त्रालय दाबी गरेको छ । यद्यपि, गठबन्धनभित्र सहमति हुने गरी टुंगो भने लागेको छैन । प्रधानमन्त्री प्रचण्डसँग एकचरण हात्तीवनमा जसपा अध्यक्ष उपेन्द्र यादवले छलफल भने गरिसकेका छन् ।

उक्त छलफलमा सरकारमा सहभागिता र विश्वासको मत दिने विषयमा छलफल केन्द्रीत भएको थियो । त्यसमा यादव भने सकरात्मक नै रहेका छन् । त्यही कारण सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्ने संयन्त्रमा जसपाले नेता रकम चेम्जोङलाई पठाएको छ ।

उपराष्ट्रपति भने माओवादी केन्द्रले पनि दाबी गरिरहेको छ । यता, मधेस सरकारको नेतृत्वमा पनि जसपाको दाबी रहेको छ । माओवादी केन्द्र र एमालेवीच मधेस सरकार जसपा र जनमतलाई आलोपालो मुख्यमन्त्री चलाउन दिने अनौपचारिक सहमति भएको छ । तर, पहिला कसले नेतृत्व गर्ने भन्नेमा चाहिँ जनमत र जसपाबीच सहमति छैन । उनीहरू एकअर्काको प्रतिस्पर्धी भएका कारण सँगै सरकारमा जाने विषयमा पनि सहमति जुटेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply